स्थायी कमिटी बैठक सुचारु गर्न ओली–दाहाल सहमत

काठमाडौं, २३ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच स्थायी कमिटी बैठक सुचारु गर्नेबारे सहमति भएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको झण्डै दुई घण्टा लामो छलफलमा उनीहरुबीच बैठक सुचारु गर्दै सहमति खोज्नेबारे सहमति भएको एक नेताले जनाए । नेकपाको स्थायी कमिटीको बैठक भोलि विहान ११ बजे बस्ने तय भएको छ । पछिल्लो समय अध्यक्षद्धयबीचको विवाद बढ्दै गएपछि स्थायी कमिटी बैठक प्रभावित बनेको हो ।

प्रकाशित मितिः मङ्लबार, असार २३, २०७७     5:18:02 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *