कालीकोटको नरहनीनाथ गाउँपालिकामा पहिरोले पुरिएर ९ जनाको मृत्यु

 कालीकोटको नरहनीनाथ गाउँपालिकामा पहिरोले पुरिएर ९ जनाको मृत्यु भएको छ।
नरहरिनाथ गाउँपालिकाको वडा नम्बर ४ गोठी मा २ जना र वडा नम्बर ७ बाँगामा ७ जना को मङ्गलबार राती आयको पहिरो मा परि मृत्यु भयको हो।गोठी मा पहिरोमा परि ६४ बर्षिय बाले बुढा र ६१ बर्षिया मना बुढा को मृत्यु भयको गाउँपालिका अध्यक्ष धिर बहादुर बिष्ट ले जानकारी दिनु भयो।

त्यस्तै सोही गाउँपालिका को वडानम्बर ७ मा ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६३ वर्षीय श्रीमती नैना, २३ वर्षीय बुहारी कुशा बुढा १९ वर्षीय छोरी विमला बुढा , १० वर्षीया नातिनी चना बुढा, ८ वर्षीय नाति राम बुढा र ६ वर्षका चरित्र बुढाको मृत्यु भएको अध्यक्ष बिष्ट ले जानकारी दिनु भयो।छ जनाको घटनास्थलबाटै शव निकालिएको तर छोरी विमलाको भने उद्धार गरी उपचार गर्ने क्रममा मृत्य भएको थियो।पहिरो मा परि १० जना घाइते रहेका छन भने उद्घार कार्य जारी रहेको छ।

प्रकाशित मितिः बुधबार, साउन १४, २०७७     1:11:37 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *