फेरी लकडाउन हुने कर्फ्यू वा कडा लकडाउन लगाउन जनस्वास्थ्यविद्हरुको सुझाव

काठमाडौं । कोरोनाभाइरसबाट सङ्क्रमित र मृतकहरुको संख्या बढ्दै जान थालेपछि विज्ञहरुले तत्काल लकडाउन लागु गर्न सरकारलाई सुझाव दिएका छन् ।जनस्वास्थ्यविद् डा रविन्द्र पाण्डेले कम्तीमा तीन हप्ताका लागि देशव्यापी लकडाउन लगाउनु पर्ने अवस्था सृजना भएको जानकारी दिनुभयो ।

पहिला पहिलाको भन्दा कडा लकडाउन वा कर्फ्यु लगाउनु पर्ने उहाँले नेपाली रेडियो नेटवर्कसँग बताउनुभयो । खुकुलो लकडाउनको औचित्य नभएको र खुकुलो लकडाउनले थेग्ने चरण वितिसकेको पनि उहाँले बताउनुभयो । लगातार र कडा लकडाउन तीन हप्तासम्म लगायो भने संक्रमण एक तहमा नियन्त्रण हुन्छ, त्यसपछि जहाँ जहाँ देखिएको छ, त्यही मात्रै लगाएर अन्यत्र खोल्न सकिने बनाउन सकिन्छ, नेपाली बहसमा उहाँले भन्नुभयो ।

यसअघि लकडाउन खुकुलो बनाइएको र आम नागरिकले पनि लापर्वाही गरेकाले प्रभावकारी हुन नसकेको डा पाण्डेको बुझाई छ । त्यसैले अहिले पनि खुकुलो लकडाउनको अर्थ नहुने भएकाले कडा लकडाउनको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

विरामीहरुमा लक्षण नदेखिने, आइसियुहरु धेरै प्रयोग भइसकेको, स्वास्थ्य सेवा विस्तारको काम न्युन मात्रै भएको, तयारी पर्याप्त नभएकोलगायतका कारणले पहिलाभन्दा अहिले झनै खतरा भएको उहाँले चेतावनी दिनुभयो ।

डा पाण्डेले नियन्त्रण गरेको भनिएका कतिपय ठूला तथा विकसीत देशहरुमा पनि अहिले फेरी फैलिदै गएकाले हामीले पनि उच्च सतर्कता अपनाउनै पर्नेमा जोड दिनुभयो ।

अन्य स्वास्थ्यविद् तथा बरिष्ठ चिकित्सकहरुले पनि तत्काल उच्च सतर्कताका उपायहरु अपनाउन सरकारलाई दवाव दिदै आएका छन् ।radionrn.com

प्रकाशित मितिः मङ्लबार, साउन २०, २०७७     3:50:14 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *