राष्कोट नगरपालिका वडा नं.५का सबै मेला पर्ब र देवता पैठ रोक्न वडा अध्यक्ष नर्जन शाहीको आग्रह् ।

हाल विश्वका सबैजसो मुलुकहरु कोभिड–१९ को महामारीबाट आक्रान्त छन् । नेपालमा पनि यस्तो विषम भयाँभए अबस्था सिर्जना भएको हामि सबैमा जगजायर नै छ विगत ६ महिनादेखिको लकडाउनको अवस्थमा र अहिले पनि धैरै जिल्लामा अतिआवश्यक बाहेक सबै कामकाज बन्ध गरिएको छ

तर कालिकोट जिल्लाको राष्कोट नगरपालिकामा भने केहि वडामा वडामा हुने बिभिन्न समाजिक र सास्कृतिक पैठ,मेला पर्ब हरु करिव ३ हजार बढि समुदाय एकै ठाउमा भेला हुने गरी कार्यक्र संञ्चालन गरियको छ । हिजो मात्र राष्कोट नगरपालिका वडा नं. ४ मा प्रर्ने सिमनाथ देवताको पैठ धुलधामका साथ गरिएको छ । यता नगरपालिका र जिल्ला प्रशासन कार्यालय पनि मुख दर्सक भएर हेरी रहेको एक ने.कपाका नेताले बताएका छन् । यति कोरा भाइरस समुदायमा संकरमर्ण भयो भने कुनै उपचार गर्ने सकिने बाताबरण छैन ।

तर यो कोभिड १९ कोरोना भाइरसलाई लाई मध्यनजर गरेर राष्कोट नगरपालिका वडा नं.५ का वडा अध्यक्ष नर्जन शाहीले भने आज एक सुचना प्रकाशित गर्दे आफ्नो वडामा हुने कुनै पनि मेला पर्ब देवताका पैठ सबै स्थगित गर्ने बताएका छन । बिसेत वाड नं. ५ मा पर्ने भदौ १७,१८ गते हुने पैठ दुदेशिल्ला,कालाशिल्ला र खापर देवताको मेला सबै बन्ध गर्न सुचना जारी गरिएको रास्ट्रिय युबा संघ नेपाल का केन्द्रिय सद्स्य मेघराज शाहीले जानकारी दिनु भएको छ । ।।

प्रकाशित मितिः बुधबार, भदौ १७, २०७७     9:36:28 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *