कालिकोटमा कोभिड अस्पताल सञ्चालन, मुख्यमन्त्री शाहीद्धारा उद्घाटन

कालिकोट । कालिकोट जिल्लामा कोभिड १९ विषेश अस्पतालको उद्घाटन गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख आथित्यतामा अस्पतालको औपचारिक रुपमा उद्घाटन भएको हो । जनस्वास्थ्यका मापदण्डको अवलम्बन गरौं कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा सहयोग गरौं भन्ने मुल नारालाई सार्थक बनाउदै कालिकोटमा कोभिड १९ विशेष अस्पताल संचालनमा आएको छ । कर्णाली प्रदेश सरकारको १ करोड,७० लाख बजेटमा कोभिड १९ विषेश अस्पतालको काम थालिएको थियो । अस्पतालको सम्पर्ण तयारी पुरा भएपछी आइतबार एक कार्यक्रमको आयोजना गरी अस्पतालको उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले नेपालभरीमा सवैभन्दा कम संक्रमित हुने प्रदेश कर्णाली प्रदेश रहेको बताए । उनले भने, ‘कर्णाली प्रदेशमा बसोबास गर्ने सम्पुर्ण नागरिकहरुले कोरोना संक्रमतिबाट मृत्यु ब्यहोर्नु पर्ने छैन । उपचारका लागि जुम्ला, सुर्खेत जानु पर्ने बाद्यता अव हट्नेछ । यो अस्पताल कर्णाली प्रदेशकै एक नमुना कोभिड १९ विशेष अस्पताल हो ।’ शाहीका अनुसार कर्णाली प्रदेशका १० वटा जिल्लामा यति ठुलो भवनमा कतैपनी कोभिड विशेष अस्पताल बनेको छैन ।

कर्णाली प्रदेश सरकारका माननिय सदस्य कुर्मराज शाहीले अवका दिनमा कालिकोट बासीले कोरोनाकै कारण अकालमा ज्यान गुमाउने छैनन् । ९ वटा स्थानिय तहमा बनाइएका साविकका क्वारेन्टाईन नै अहिले आइशोलेन बनाएका छन् । तर अव स्थानिय तहले आफ्नो पालिकामा देखिएका संक्रमितलाई कोभिड विशेष अस्पतालमा भर्ना गरे उपचारमा कमि नहुने बताएका छन् । आगामी दिनमा पनी कोरोना अस्पताललाई अझै गुणस्तरिय र दिगो टिकाउका लागि प्रदेश सरकारबाट कुनै कमि नहुने पनि शाहीले बताएका छन् ।

कालिकोटको कोभिड विशेष अस्प्तालमा हाल ५४ बेडको तयारी पुरा भएको छ । एकिकृत भवनमा संचालनमा ल्याइएको उक्त अस्पतालमा हाल आइसियु कक्ष २ र भेन्टीलेटर १ गरी जम्मा ५४ बेडको व्यवस्था गरिएको अस्पताल विकास समितिका अध्यक्ष सरोज बोगटीले बताए । जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका कटक बहादुर महतका अनुसार कालिकोट जिल्लामा अहिले १ सय जना क्वारेन्टाइनमा छन् । कोरोना संक्रमति तिलागुफा नगरपालिकाका मात्र २० जना आइशोलेसनमा रहेको महतले बताएका छन् ।

प्रकाशित मितिः आइतवार, भदौ २८, २०७७     11:38:51 AM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *