प्रजातान्त्रिक महासंघको सुचना तथा संचार बिभागको प्रदेश संयोजकमा न्यौपाने

 कालिकोटका अन्नपुर्णकर्मी सक्रिय पत्रकार बिष्णु न्यौपाने नेपाल प्रजातान्त्रिक महासंघको सुचना तथा संचार बिभागको कर्णाली प्रदेश संयोजकमा मनोनित भएका छन । नेपाल प्रेस युनियन कालिकोटका अध्यक्ष, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य, शिक्षा पत्रकार समुहका प्रदेश सदस्य, बि।टि।एस। मिडिया प्रालिका अध्यक्ष, अन्नपुर्णकर्मी सक्रिय पत्रकार बिष्णु न्यौपानेलाई नेपाल प्रजातान्त्रिक महासंघले आफ्नो सूचना तथा प्रचार बिभागको कर्णाली प्रदेशको संयोजकमा मनोनीत गरेको हो ।

उनी बिगत १५ बर्षदेखी विभिन्न बिद्युतिय तथा छापा संचार माध्यममा आबद्व भएर सक्रिय रुपमा पत्रकारिता पेशामा लागिरहेका छन । उनले लामो समयको सक्रिय पत्रकारिता गर्दा राष्टिय कृषि पत्रकारिता पुरस्कार २०७२, फेडवासन वास पत्रकारिता पुरस्कार २०७३, प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार २०७५ लगायत झण्डै आधा दर्जन पुरस्कारले सम्मानित भएका छन् ।

उनले नेपाल प्रजातान्त्रिक महासंघको सुचना तथा संचार बिभागको कर्णाली प्रदेशको संयोजकको सजिम्मेबारी प्रदान गर्ने केन्द्रीय समिति प्रति आभार व्यक्त गर्दै समाजमा प्रजातान्त्रिक बिचारलाई स्थापित गर्न पत्रकारिता मार्फत सक्रिय रुपमा लागि पर्ने बताए । नेपाल प्रजातान्त्रिक महासंघ नेपाल, सूचना तथा प्रचार बिभाग प्रमुख रोजि ढकाल पराजुलीले प्रदेश संयोजक न्यौपानेलाई बधाई दिदै प्रजातान्त्रिक मूल्य र मान्यता समाजमा स्थापित गर्न पत्रकारहरुको ठुलो भुमीका रहेको बताईन । उनले कर्णालीमा यस अभियानलाई सफल बनाउन न्यौपानेको नेतृत्व सफल बन्नेमा आफु बिस्वस्त रहेको बताईन । उनले नेपालका विभिन्न क्षेत्रमा बिशेषज्ञता हासिल गरेकाहरुको साझा चौतारी प्रजातान्त्रिक महासंघले मुलुकभरी नै सामाजिक कार्यमा समेत योगदान दिने बताईन ।

प्रकाशित मितिः बुधबार, अशोज २१, २०७७     9:46:54 AM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *