मुख्यमन्त्री शाहीको मिशन सुरु– आफूविरुद्ध हस्ताक्षर गर्ने प्रमुख सचेतकलाई हटाएर नयाँ नियुक्त

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सक्रिय बनेका कर्णालीका नेकपा संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई मुख्यमन्त्री एवं दलका नेता महेन्द्रबहादुर शाहीले हटाएका छन् ।

सोमवार प्रमुख सचेतक शाहलाई हटाएर सो ठाउँमा सीता नेपालीलाई जिम्मा दिएका छन् ।

सरकारको काम प्रभावकारी नभएको भन्दै शाहीविरुद्ध आइतवार कर्णाली प्रदेश सभाका बहुमत सदस्यले हस्ताक्षर संकलन गरेका थिए ।

त्यसक्रममा गुलवाजंग सक्रिय रहेको मुख्यमन्त्री शाहीको आरोप छ । नेपाली पूर्व माओवादी पृष्ठभूमिकी सांसद हुन् ।

प्रकाशित मितिः सोमवार, अशोज २६, २०७७     8:24:09 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *