युवाँ समजसेवी सुनारद्वारा सुर्खेतका केही बिपन्नपरिवारलाई सहयोग ।

युवा समाजेवी सुनारद्वारा विपन्नलाई सहयोग
सुर्खेत, १५ कार्तिक । वीरेन्द्रनगर नगरपालिका–५, खार्खोलाका सिउराम र उनकी श्रीमती विष्णु सुनारलेलाई युवा समाजसेवी तिर्थ सुनारले खाद्यान्न सहयोग गरेका छन् । खोर्के खोलाको किनार नजिकै सार्वजनिक जग्गामा झुपडी बनाएर बसेका उक्त दम्पती आर्थिक अभावका कारण केही समयदेखि भोकै बस्दै आएका थिए ।
उनीहरु भोकै रहेको जानकारी पाएपछि समाजसेवी सुनारले उनीहरुलाई एक प्याक चामल, दाल, नुन, तेल र एक÷एक जोर नयाँ कपडा सहयोग गरेका छन् ।
सामाजसेवी सुनारले दुःखमा परेका नागरिकहरुलाई मानवताका हिसाबले सहयोग गरेको बताउँदै अन्य सहयोगी हातहरुले पनि उनीशरुलाई सहयोग गर्न अपिल गरेका छन् ।
सन्तान नभएका सुनार दम्पतीको सहारा कोही नहुँदा दैनिकी कसरी चलाउने भन्ने चिन्ता जागेको छ । ३४ वर्षदेखि अरुले दिएका पुरानै कपडा लगाउँदै आएको सिउरामले गुनासो गरे ।
उमेरले ६० नाघेका सिउराम कहिलेकसो मजदुरी गर्छन् । मजदुरी गरेको पैसाले घर व्यवहार चलाउँदै आएका उनको कोरोना भाइरसका कारण बन्दाबन्दी (लकडाउन) र बेलाबेला लागेको निषेधाज्ञाले गर्दा त्यही मजदुरी पनि खोसिएपछि समस्यामा परेका छन् । यसपालिको दसैं पनि खर्च अभावका कारण मनाउन नपाएको दुखेसो पोख्दै तिहार पनि भोकै मनाउनुपर्ने बाध्यता रहेको बताए ।

प्रकाशित मितिः शनिबार, कार्तिक १५, २०७७     7:37:18 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *