कर्णालीका मुख्यमन्त्री घोडाबाट लडे, हेलिकोप्टरबाट सुर्खेत ल्याइयो

सुर्खेत, २२ कार्तिक ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन् । शाही शनिबार विकास निर्माणको काम अनुगमन गर्न हुम्ला पुगेका थिए । यातायातको साधन नहुँदा घोडा चढेका शाही लड्न पुगेका र घाइते भएको प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए ।

उनलाई हेलिकोप्टरमार्फत् सुर्खेत पुरयाइएको उनले बताए । ‘‘उहाँ हुँलाको लिमी भन्ने ठाउँमा पुग्नुभएको थियो । घोडाबाट लडेर घाइते भएपछि हेलिकोप्टरबाट सुर्खेत पुरयाएको छ । अवस्था विस्तृतमा बुझ्न पाएको छैन’’ रावलले भने ।

प्रदेश अन्तर्गत जिल्लाका कार्यक्रम र त्यहाँका अवस्था बुझ्न शाही मुगुहुँदै हुम्ला पुगेका थिए । प्रदेश सरकारले कर्णाली प्रदेशको विकास एवं राजमार्गको अवस्था, कोरोना तथा प्राकृतिक विपत्ले पारेको प्रभाव र प्रदेश सरकारद्वारा सञ्चालित योजनाको अनुगमका लागि शुक्रबार उनी मुगु पुगेको रावलको भनाइ छ ।

प्रकाशित मितिः शनिबार, कार्तिक २२, २०७७     7:13:39 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *