थप २८१७ जनामा कोरोना भाइरस संक्रमण

२३ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३११ जनामा गरिएको पीसीआर परीक्षणमा २८१७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २८१२ जना रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ रहेको छ ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५३३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा १२९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जना रहेका छन् ।

प्रकाशित मितिः आइतवार, कार्तिक २३, २०७७     4:53:08 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *