राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री ओली

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्। आज बिहान साढे १० बजे प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न सितलनिवास पुगेको राष्ट्रपति विद्यादेवि भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

दिउँसो १ बजेलाई तय नेकपा सचिवालय बैठक र मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शितलनिवास पुगेका हुन्। यसअघि तय सचिवालय बैठककै समयमा मन्त्रिपरिषद् बोलाएका ओलीले राष्ट्रपतिसँग परामर्श थालेका हुन्।

सचिवालयका बहुमत सदस्यले अघिल्लो पटक प्रधानमन्त्री समेत सहभागी बैठकले तय गरेको समयमै बैठक बस्नुपर्ने बताएपछि ओली नैतिक संकटमा परेका छन्। उनले मन्त्रिपरिषद् बैठक एक घण्टापछि सरेको छ।

पछिल्लोपटक नेकपाको विवाद उत्कर्षमा पुगेको छ। विवाद चुलिएपछि यसअघि पनि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग परामर्श गरेका थिए। मंगलबार बेलुका अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि राष्ट्रपतिलाई भेटेका थिए।

प्रधानमन्त्री ओली पक्ष सकेसम्म आजको सचिवालय बैठक सार्ने पक्षमा छ। तर, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने बैठक तोकिएकै समयमा बस्ने बताएका छन्।

प्रकाशित मितिः बुधबार, मंसिर ३, २०७७     12:31:48 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *