दुल्लु ११ मा खुल्यो कालभैरव कृषि फार्म

दैलेखको दुल्लु नगरपालिका ११ कालभैरव तोराँयामा नगरपालिकाकै ठुलो कृर्षि फार्म कालभैरव कृर्षि फार्म खुलेको छ । कृर्षिलाई उत्पादनमुखी व्यवसायका साथै धेरै वेरोजगार युवाहरुलाई रोजगारमुखी बनाउन र वातावरणिय पर्यावरणलाई सन्तुलनमा राख्न कृर्षि फार्मले सहयोग पुग्ने लक्ष्य अपेक्षा गरिएको छ ।
आज उक्त कालभैरव कृर्षि फार्मको उद्धघाटन गर्दै दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले अहिलेको कोरोना महामारी र लकडाउनको समयमा भइरहेको महंगीलाई यस्ता कृर्षि फार्महरुले धेरै राहत प्रदान गर्नुका साथै काम नपाएर बेरोजगार भयाँै भनेर बसिरहेका युवाहरुलाई आफ्ने माटोमा केहि गर्नुपर्छ भन्ने पाठ सिकाएको बताउनुभयो ।
उक्त कृर्षि फार्मले कृर्षिमा तरकारी ,फलफुल उत्पादन देखी विभिन्न बिउबिजन उत्पादन र निर्यातका साथै पशुपालन तर्फ गाई भैसी पालन र त्यसबाट दुग्धजन्य पदार्थको उत्पादन र निर्यातका साथै बाख्रा र कुखुरापालन बाट मासुजन्य पदार्थको उत्पादनका साथे निर्यातको लक्ष्य लिएर काम गर्ने फार्मका सञ्चालक पदम बहादुर सुनारको भनाइ रहेको छ ।

प्रकाशित मितिः मङ्लबार, मंसिर ९, २०७७     9:20:09 AM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *