वामदेवद्वारा दुई दिनभित्र एकता अभियान घोषणा हुने.

काठमाडौं, २१ पौष । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले दुई दिनभित्र एकता अभियान घोषणा गर्ने भएका छन् । उनले त्यसका लागि लगभग तयारी पूरा गरिसकेको बुझिएको छ ।

गौतम निकट स्रोतका अनुसार पत्रकार सम्मेलन गरेर दुई दिनभित्र एकता अभियानको घोषणा हुनेछ । अभियानमा १५०१ सदस्यीय कमिटी हुनेछ । यसको संयोजक वामदेव गौतम स्वयं हुनेछन् ।नेकपा विभाजन भएपछि कुनैपनि समूहमा नलागेका गौतमले अन्तिम समयसम्म एकताका लागि संघर्ष गर्ने बताइसकेका छन् । उनले त्यसका लागि दबाब दिन अभियान चलाउन लागेका हुन् । अभियानमा नेकपाको ओली र प्रचण्ड कुनैपनि समूहमा आवद्ध नभएकाहरु हुनेछन् ।

एकता अभियानमा रहनेहरुको नामावली संकलन गरिसकिएको बुझिएको छ । यसमा गौतमका निकटस्थहरु बढी रहनेछन् ।

प्रकाशित मितिः मङ्लबार, पुस २१, २०७७     3:36:00 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *