मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा झडप हुदा ३ जना विद्यार्थी नेता घाइते

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)मा प्रहरी र विद्यार्थीबीच झडप हुँदा तीन जना विद्यार्थी घाइते भएका छन् । परिक्षाका विषयमा विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहसँग विद्यार्थीकाे छलफलका क्रममा विवाद हुँदा झडप भएको हो ।

झडपमा स्ववियु सदस्य तथा नेविसंघका नेता राेशन बस्नेत, विद्यार्थी तर्कराज शाही र लक्षमण वाेगटी घाइते भएका छ्न ।उपकुलपतिसँग विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ सेल अश्रु ग्याँस प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहिले बताए ।  घाइतेहरूकाे स्थानीय माया नर्सिङ हाेममा उपचार भैरहेकाे छ deuti khabar

प्रकाशित मितिः आइतवार, पुस २६, २०७७     8:52:55 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *