राष्ट्रिय स्वतन्त्र अखण्डताको लागि राजतन्त्र अहिलेको आवश्यकता हो सन्तोषि शाही ठकुरी ।

श्री ५ बडामहाराज धिराज पृथ्वीनारायण शाह नेपाल राष्ट्रका निर्माता नेता र नेपाललाई जोगाउने बिचार दाता समेत रहेकोले शाह सबै नेपालीका प्रतिनिधि नेता हुन भनेर देश- विदेशका सबै नेपालीहरुले गर्वका साथ गर्जनु अहिले नेपालको राष्ट्रिय आबस्यकता भएको छ ।नेपालको एकीकरण गर्ने महान एतिहासिक राष्ट्रिय आवस्यकता ठिक ढङ्गले अघि बढाएका र उपनिवेशवादी अंग्रेज शक्तिलाई पराजित गरेर नेपाललाई पराधीन हुनबाट जोगाउने आधार खडा गरेका यि दुई कार्यले पृथ्वीनारायण शाहलाई अ्मर बनाएको छ्।यीनै दुई कार्य वरीपरी शाहको योग्दान र विचारले फन्को मारेको छ्। केहि ब्यक्तिहरु राष्ट्रनिर्माता शाहको योगदानलाई अवमुल्यन गर्ने र उनको कृतिमानलाई होच्चाउने कार्यमा जोडतोडले लागी परेका छन्। र शाहलाई विवादित बनाउनतिर मरिहत्ते गर्दैछन्।तर एतिहासिक तथ्यले के पृष्टी गरेको छ भने उनको योगदान प्राथमिक पक्ष हो भन्ने कमजोरी गौण पक्ष हो।यो पनि सत्य हो की पृथ्वीनारायण शाहबाट पनि कतिपय सानातिना कमिकमजोरी नभएका होईनन तर पनि ठुलाठुला कार्य सम्पादन सम्पन्न गर्दा भएका त्यस्ता सानातिना कमजोरी जो वङगाईएका र अतिरञ्जन गरिएका छन्।उनले गरेका योग्दान संग तुलना नै हुन सक्दैन्।पृथ्वीनारायण शाह अंग्रेज शक्तिलाई पराजित गर्ने प्रारम्भिक एशियाली नेता हुन्।उनि अंग्रेज उपनिवेशवादी विरोधी सम्मानित एशियाली नेता हुन्।त्यसैले पनि श्री ५ वडामहाराज पृथ्वीनारायण शाह नेपालको मात्रै होईन एशियाकै गौरवपुर्ण नाम हो भन्दा अतियुक्त नहोला। स्वतन्त्र र सार्वभौम नेपाल राष्ट्रप्रति गौरव गर्न जो कोहि नेपालीले पनि राष्ट्रनिर्माता पृथ्वीनारायण शाह प्रति गौरव गर्नु पर्दछ्। अहिले नेपालको सिमाना र शक्तिको आधार पृथ्वीनारायण शाहको निति , नेतृत्व र कार्यले नै खडा गरेको हो। पृथ्वीनारायण शाहले टुक्रीएका स- साना राज्यहरुलाई एकीकरण अभियानमा बुध्दि लगाउने र रगत पसिना बगाउने सबै जातजाती नेपालीहरुको साझा प्रतिनिधि नाम हो।उनको नाम आफैमा नेपाली र नेपालको गौरवपुर्ण संस्था हो। श्री ५ पृथ्वीनारायण शाह थिएनन भने वर्तमान नेपालको भुगोल हुने थिएन र स्वतन्त्र नेपालको अस्तित्व पनि कायम हुने थिएन्।शाह इतिहास र गौरव दुबै हुन्। नेपाल एकीकरण अभियान राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको नेतृत्वमा वि • स • १८०० देखि अघि बढेको हो। ५२ वटा भन्दा बढि राज्यमा विभाजित तत्कालीन नेपालको एकीकरण अभियानलाई पुन: एकीकरण गरी विशाल नेपाल निर्माण गर्यो।विशाल नेपालको बल र शक्ति लाग्दा अहिले विश्वका धेरै जसो प्रभावशाली कहलिएका राष्ट्र टुक्रा – टुक्रा थिए।नेपाल एकीकरण भएको १०० वर्षपछि मात्र जर्मनी र इटलीको एकीकरण भएको थियो भने अन्योलमा गुर्जिरहेको जापान राजाको नेतृत्वमा विश्वको एकीकरण हुनुभन्दा दुई – तिन दशक सम्म अ्मेरीका बेलायतको उपनिवेश थियो।यस्ता कैंयौ देश अन्योल र अनिश्चततामा गुर्ज्रीरहेको अबस्थामा पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल एकीकरण भएर चन्द्र सुर्य धोजा रहित नेपाली झण्डा फर्फराई सकेको थियो र नेपाल राज्य सार्वभौम स्वतन्त्रता कायम राखिएको थियो।श्री ५ पृथ्वीनारायण शाहको नेपाल पुन: एकीकरणको अधुरो कामलाई निरन्तरता दिने उनको निधनपछी जारी रहयो। उनको कान्छा छोरो बहादुर शाहले नायवी नेतृत्वमा अरु ठोस उपलब्धिहरु हासिल हुन पुग्यो।सुगौंली सन्धि हुनुपुर्व वि• स • १८७२ अघि नेपालको कुल क्षेत्रफल ३ लाख ६८ हजार वर्ग कि• मी जति थियो भने त्यस पछि वर्तमान नेपाल १४७१८१ वर्ग कि•मी मा खुम्चिन पुगेको छ्। अंगेजले बलपुर्वक र अन्याय पुर्वक खोसेको नेपाल मेचि- कालीपारीको भु- भागमा अंग्रेजले भारत छोडेर जादा नेपाललाई स्वतन्त्रताको हिसावले नेपाल एशियाकै जेठो राज्य हो। नेपाल सबै जातको फुलवारी हो यसलाई नेपालको राजनीतिक पार्टीले ठिक ढङ्गले बुझ्न र ठिक ढ्ङ्गले अघि बढाउन सकिरहेका छैनन।नेपाललाई जातिय झुण्डमा परिणत गर्न खोजिदैछ्।श्री ५ पृथ्वीनारायण शाहको सबै जातको फुलवारीको मर्म भनेको समानता , भाइचारा, सहभाव , सह-अस्तित्व र सहकार्यमा आधारीत समुलत नै आजको नेपाली समाज हो । न कि जातिय घृणा र द्वेषको नेपाली सामना !! वर्तमान लोकतान्त्रिक सरकारले पृथ्वीनारायण शाहको योगदानलाई अवमुल्यान गरिरहेको छ्।शाहको पृथ्वी जयन्तीको राष्ट्रिय बिदा कटौती गर्नु त्यसको एउटा ज्वलन्त प्रमाण हो।राष्ट्रिय ब्यक्तिको सालिक तोडफोड गरेर एतिहासिक योगदानलाई समाप्त पार्न खोज्नु दुर्भाग्य हो।राज्यको एकीकरण गरेर भावी पुस्तालाई बलियो र विशाल मुलुक उपहार दिने राष्ट्र नायकलाई अपमान गर्नु भनेको इतिहास र योगदानलाई मात्र होईन , राष्ट्र, राष्ट्रियता , राष्ट्रिय स्वतन्त्रता र सार्वभौमिकता कै अपमान हो । संसारको जुनसुकै मुलुकमा पनि राष्ट्र एकीकरण गर्ने राष्ट्रिय नायकलाई विचार आस्थाभन्दा माथि उठेर सम्मान गर्ने संस्कृति स्थापित र विकसित भएको पाईन्छ्।हाम्रो लोकतान्त्रिक सरकारले भने इतिहासका गौरवपुर्ण पानाहरु मेटाउने यो कस्तो अपसंस्कृतिको थालनि गरेको हो ? यस्तो अपसंस्कृतिले कहिल्यै पनि राष्ट्रको उन्नति र भलो हुन सक्दैन्।हत्या, हिंसा , जातिय असमानता , जातिय घृणा , द्वन्द्व अहिले आक्रान्त विश्वमा जातिय सद्वभाव, समानता र भाईचाराको लहर ल्याउने विचार नै पृथ्वी विचार हो। नेपाल सबै जातको फुलबारी भने झै विश्व सबै जातको फुलवारी हो। संयुक्त राष्ट्रसंघले यो नारालाई विश्वब्यापी बनाउनुपर्दछ्। त्यसकारण पृथ्वी बिचार विश्वलाई निर्देशन गर्न सक्ने विश्वस्तरको बिचार हो। पृथ्वीनारायण शाहको योगदान र पृथ्वी बिचारको उचाइ बुझ्न नसक्नेले मात्र पृथ्वीनारायण शाहको विरोध गर्ने वा सालिक ढाल्ने मुर्खता गर्न सक्दछ्न्। नेपालभक्त वा देशभक्त नेपालीले किमार्थ यस्तो मुर्खता कार्य गर्न सक्दैनन्।त्यसैले पनि नेपालको राष्ट्रिय स्वतन्त्रताको लागी क्षेत्रीय अखण्डताको लागि पनि नेपालमा राजतन्त्रको निरन्तरता चाहिन्छ भन्ने मतलाई उपेक्षा गरिनुहुन्न्। पृथ्वी बिचारलाई ठिक ढ्ङ्गले बुझेको भए ठिक ढङ्गले लागु गरेको भए सायद आज नेपाल धेरै कुरामा आत्मनिर्भर दुबै सम्पन्न राष्ट्रको स्तर हुनेथियो ।

प्रकाशित मितिः आइतवार, पुस २६, २०७७     3:22:45 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *