लिम्पियाधुरा व्यवहारमै फिर्ता ल्याउने काम हुँदैछ : केपी ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र व्यवहारमै फिर्ता ल्याउनको लागि काम भइरहेको बताएका छन्।

राष्ट्रियसभाको हिउँदे अधिवेशनको चौँथो बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले नेपालको नयाँ नक्सा कागजमा मात्र नभई व्यवहारमै नेपालको नाममा कायम गरेरै छोड्ने बताएका हुन्।

उनले सुगौली सन्धिले कायम गरेको भूभाग वार्ताको माध्यमबाटै फिर्ता लिएर स्वामित्व कायम गर्ने बताए।  ‘सुगौली सन्धिपछि १४६ वर्षसम्म हामीले उपभोग गरेको हाम्रो भूभाग कालापानीमा भारतीय फौज बसेपछि नक्साबाट समेत गायब भयो,’उनले भने, ‘हामीले पहिलोपटक नक्सामा सामेल गरेर संविधानमा राख्यौं। अब मित्रतापूर्ण ढंगले तथ्यका आधारमा छलफल हुँदैछ। त्यो भूभाग कायम गरेर छाड्छौं। स्वामित्व अब नक्सामा मात्र होइन व्यवहारमै हुन्छ।’

प्रकाशित मितिः आइतवार, पुस २६, २०७७     2:22:52 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *