दैलेखमा रक्तदान सहित  अनेरास्ववियु जिल्लाकमिटी सदस्य को सपथ ग्रहण सम्पन्न ।

,दैलेखमा प्रजातन्त्र दिवसको अवसरमा रक्तदान सहित जिल्लाकमिटी सदस्य को सपथ ग्रहण सम्पन्न गरिएको छ । बिगत १०४ बर्षिय राणा शाशनको अन्त्य भएर नेपाली जनताले स्वतन्त्रता पाएर प्रजातन्त्र स्थापना भएको दिन।सोहि अवसरमा इतिहासमा मै प्रहिलो पटक देशका ७७ जिल्लामा एकैपटक अनेरास्ववियुको आयोजनामा बृहत रक्तदान कार्यक्रम उत्साह पुर्बक सम्पन्न भएको छ। यसैगरी दैलेखमा पनि रक्तदान कार्यक्रम सहित अनेरास्ववियु जिल्ला कमिटीका सदस्य हरुको पद तथा गोपनियताको सपथ ग्रहण सहित स्थानीय तह र क्याम्पस मा जिम्मेवारी दिइएको छ। उक्त कार्यक्रम मा अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य नवीन कुमार योगि ले यो देशका आमनागरिक लाई सामाज रुपान्तरणमा हिजो,आज र भोलि सधैरास्ट्रियता,सार्भभौम सत्ता र जनताको पक्षमा लागेकाले केपि ओलिलाई आम नागरिकले साथ दिनुपर्ने बताउनु भयो ।साथै दैलेखमा अहिले सम्म blood bank नहुदाँ केहि सहजीकरणको लागी रक्तदान गरिएको थियो । उक्त कार्यक्रममा सहजीकरण गर्नु हुने नेकपा दैलेखका नेता कम्रेड ,नारायण नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्का ,NNTA दैलेखका अध्यक्ष जिवराज तिमिल्सिना ,आशाराम अस्पताल दुल्लु ,अनेरास्ववियु का केन्द्रिय सदस्यहरु ,युवा संघ दैलेख एवं युवा विद्यार्थी नेता ,उद्योगि ,व्यापारी ,पत्रकार सन्चारकर्मी,सुरक्षाकर्मि ,समाजसेवी ,बुद्धिजिवि उपस्तिथित रहेको थियो ।आगामी दिनहरूमा पनि सकारात्मक परिवर्तन र रचनात्मक कार्यक्रम मा आमनागरिकको निरन्तर सहयोगको अपेक्षा अनेरास्ववियु दैलेखले राखेको छ। उक्त कार्यक्रम माअध्यक्षता :अग्नि प्रसाद रिमाल संयोजक दैलेख प्रमुख अतिथि :लक्ष्मि प्रसाद पोखरेल नेकपा केन्द्रिय सदस्य दैलेख जिल्ला इन्चार्ज एवं संविधान सभाका सदस्य तथा विशेष अतिथि : रबिन्द्रराज शर्मा पार्टी अध्यक्ष दैलेख एवं केन्द्रिय सदस्य नेकपा धर्मराज रेग्मी नेकपा केन्द्रिय सदस्य एवं प्रदेश सभाका माननीय सदस्य लगायत का विशेष अतिथिहरु र अन्य अतिथि को उपस्थित रहेको थियोे ।

प्रकाशित मितिः शनिबार, फाल्गुन ८, २०७७     8:10:05 AM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *