प्रदेश अस्पताल सुर्खेतमा मुख्यमन्त्री शाहीको छड्के अनुगमन उपचारलाई प्रभावकारी बनाउन निर्देशन

कर्णाली पर्देशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही प्रदेश अस्पताल सुर्खेत पुगेर कोभिड सङ्क्रमित बिरामीहरूको उपचार अवस्थाको बारेमा अनुगमन गर्नुभएको छ ।

मन्त्रिपरिषद बैठक सकेर करिब बेलुका ७ बजे आर्थिक मामिला तथा योजना मन्त्री बिमला के.सी. सहित  मुख्यमन्त्री  प्रदेश अस्पताल पुग्नुभएको हो ।

मुख्यमन्त्री शाहले कोभिड आईशोलेशन वार्डको निरीक्षण पश्चात अस्पताल निर्देशक डा. डम्बर खड्का र कोरोना फोकल पर्सन डा. केएन पौडेलसंग छलफल गरी उपचारलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

कोभिड उपचारका लागि अग्रभागमा रही सेवा गरिरहेका स्वास्थ्यकर्मीहरूका गुनासो एवं समस्याहरूको पनि जानकारी लिनुभएको छ ।

प्रकाशित मितिः शुक्रबार, बैशाख १७, २०७८     10:45:42 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *