यामलाल कँडेलले अझै सिक्न नसकेको पाठ

काठमाडौँ : यदि कर्णालीको राजनीति चुपचाप चलिरहन्थ्यो भने यतिबेला मुख्यमन्त्रीको कुर्सीमा यामलाल कँडेल हुन्थे । अनि अहिलेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही प्रमुख प्रतिपक्षी दलका नेता हुन्थे । एमाले एकल बहुमतका साथ सत्ता हाक्थ्यो ।

माओवादी, कांग्रेस लगायतका दलहरु विपक्षी बनेर सत्ताको र्याल काढ्थे । जनताको जनादेश अनुसार एमालेले सरकार मात्रै चलाउँदैनथ्यो । विगत तीन वर्षदेखि हुन नसकेका कामहरु पनि मुख्यमन्त्री बनेको खण्डमा यामलाल कँडेलले गर्न सक्थे ।

जस्तो कि कर्णालीका जनतालाई प्रदेश सरकारको महसुस राम्रोसँग हुन पाएको छैन् । अहिले केन्द्र सरकारकै धङधङीमा कर्णालीमा जनता बाचिरहेका छन् । शासनको अवस्था त्यस्तै छ । आधारभूत आवश्यकता सम्बोधनको अवस्था झन् त्यो भन्दा बढी दुराशयी छ ।

जे होस, कम्युनिष्टबाट कर्णालीमा जति सिकाई, गराई र नयाँ कुराको थालनी हुनुपथ्र्यो, कर्णाली बुझेको नेता भएका कारण यामलाल कँडेलबाट त्यो हुन सक्थ्यो ।

तर विडम्बना । मुखैमा आएको मुख्यमन्त्री पद यामलाल कँडेलले सम्हाल्न सकेनन् । उनले आफ्नै पार्टीका नेताहरुलाई सम्झाउन सकेनन् । बुझाउन सकेनन् । परिस्थिती अनुसार आफूलाई अपडेट राख्न सकेनन् । अझ भनौ राजनीतिमा जुन धोकाघडी हुन्छ, त्यसलाई नजरअन्दाज गर्नै सकेनन् ।

कर्णालीको राजनीतिलाई मोटामोटी विश्लेषण गर्दा यही भन्न कर लाग्छ । यामलाल कँडेल मुख्यमन्त्री बन्न फेरि अभागी सावित भए । उनलाई समयले पत्याएन या आफ्नै पार्टीका नेताहरुको मुख्यमन्त्री लायक देखेनन् । त्यो आगामी समयका घटनाक्रमले पनि निर्धारण गर्ला । तर यति भन्न सकिन्छ, यामलाल कँडेल राजनीति गर्न चुकेकै हुन् । परिस्थिती नुबझेकै हुन् ।

ओलीकै सिकायत गर्न खोज्दा…

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका २०७० सालभन्दा अगाडिका भाषण सुन्नुभयो भने तपाईलाई प्रतिपक्षी नेताको निर्मम प्रहार थाहा हुन्छ । प्रतिपक्षी नेतामा अलिकति पनि दयाभाव हुदैन् । मनमा लागेको फ्याट्टै भन्छ् । भन्न बाँकी केही राख्दैन् । जे मन लाग्छ, त्यही बोल्छ ।

मानौँ यस्तो लाग्छ, उनीहरु सरकारको बदनाम गर्नै जन्मेका हुन् । आफ्नै पार्टीको सरकार होस वा अर्को पार्टीको । उनीहरुमा कुर्सीको भोक यति धेरै हुन्छ, आफ्नै दाजु भाईलाई पनि सत्ताच्युत गरेर सत्तारोहरण गर्न उनीहरु आतुर हुन्छन् ।

प्रधानमन्त्री झलनाथ खनाल भएका बेला ओली भन्थे, यो सरकार खुट्टा टेक्न सक्दैन् । माथि समाउने हांगो छैन् । तै पनि सरकार चलाएको छ । बसेको छ । यस्तो सरकारको के काम ? खुरुक्क राजीनामा नदिएर के तमासा देखाइराख्या होला ?

ओली यस्तै बोल्थे । शब्द तलमाथि परेका हुन् । ओलीको बोली यस्तै निर्मम हुन्थ्यो । काठमाडौँमा त्यतिबेला ओलीको बोली सुन्नेहरु राष्ट्रवादी अडान भएको होइन, कमेडीयनले हसीमजाक गरेको बुझ्थे । ओली राष्ट्रवादी नेता बनेको त २०७२ सालको भूकम्प र नाकाबन्दीपछि हो ।

त्यसअघि त उनी एमाले गुटको नेता थिए । चरी जस्ता गुण्डाहरुको संरक्षक मानिन्थे । पछि चरीको इन्काउन्टर भयो । ओलीले गुट बढाएर एमाले अध्यक्ष पद पड्काए । पार्टीमा शक्तिशाी बने । तर उनले सबै यो शक्ति र सत्ताको तालमेल मिलाएर गरेका थिए ।

ठीक यसैगरी तपाईले कर्णालीमा महेन्द्र शाहीको नेतृत्वमा सरकार बनेपछि यामलाल कँडेलका भाषण सुन्नुभयो भने ओलीकै शैली अनुग्रह भएजस्तो भान हुन्छ । उनी तिखा तिखा शब्द प्रहार गरेर माओवादी केन्द्रको सरकारलाई उडाउन बाँकी केही राख्दैन्थे ।

कर्णालीमा प्रतिपक्षी कांग्रेस बरु चुपचाप सुनिन्थ्यो । बजेटका बेला मात्रै उसले चर्को स्वर गथ्र्यो । बाँकी अरु बेला यामलाल कँडेल नै प्रतिपक्षी बनेर सरकारको खिल्ली उडाउँथे । यसर्थ उनलाई सत्ताका सदाबहार प्रतिपक्षी भनिन्थ्यो ।

माओवादी र एमाले मिलेर नेकपा सत्ता चलाएका बेला यामलाल आफू मुख्यमन्त्री हुन नपाएको रोष आफ्नो भाषणमा पोख्थे । जसरी ओली केन्द्रमा आफू प्रधानमन्त्री हुन नपाएको झोक माधव नेपाल र झलनाथ खनालप्रति देखाउँथे ।

सत्तापक्षबाट खसेर प्रतिपक्षको सिटमा

राजनीतिमा धेरै चतुर हुँदाको परिणाम कहिलेकाँही आफैप्रति घातक हुन्छ भनेर यामलाल कँडेललाई हेरे पुग्छ । उनले मुख्यमन्त्रीका लागि के गरेनन् ? सरकारकाविरुद्ध अविश्वास प्रस्ताव ल्याएनन् कि ? आफै सत्तापक्षको नेता भएर प्रतिपक्षको नेताको जस्तो सेवा सुविधा लिएर सरकारको बदनाम गरेनन् कि ?

पटक पटक अविश्वास प्रस्ताव ल्याउने प्रयासमा एकपटक नेकपामा हुँदै अविश्वास प्रस्ताव ल्याएनन् कि ? त्यो अविश्वास प्रस्ताव तुहिएपछि उनले आफूलाई मिडियालाइज्ड गरेनन् कि ? उनले राजनीतिमा गर्नुपर्ने सबथोक गरे ।

सबथोक गर्दा पनि उनी मुख्यमन्त्री बन्न नसकेका बेला पार्टी टुक्रियो । एमाले र माओवादी चिरा पर्यो । सहजै उनको पोल्टामा सत्ता आउने अवस्था थियो । पहिले माओवादी केन्द्रको सरकार ढाल्न उनले समर्थन फिर्ता लिए ।

कर्णाली प्रदेशको संसदीय दलको नेताका हैसियतले उनले समर्थन फिर्ता लिएलगत्तै आफ्ना तीन जना मन्त्रीलाई पनि फिर्ता बोलाए । माओवादी केन्द्रका नेताहरु अब सरकार ढल्ने भयो भनेर ढुक्क थिए । एमालेको सरकार बन्छ र यामलाल कँडेल मुख्यमन्त्री बन्छन भनेर पनि उनीहरु ढुक्क देखिन्थे ।

तर सोचेजस्तो भएन् । यति गर्दा आफू स्वतः मुख्यमन्त्री बन्छु भन्ने भ्रम यामलाल कँडेलमा थियो । तर उनले आफ्नै पार्टीका नेताहरुको मन जित्न सकेनन् । उनले गम्भीर रुपमा परामर्श पनि गरेको देखिएन् । होइन भने दलको बैठकले निर्णय गर्दा सरक्क राजीनामा गरेर फिर्ता हुने मन्त्रीहरु आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्न लाग्दा किन आत्मघाती भएर निस्किए ?

यो प्रश्नको उत्तर भेट्न मूश्किल छ । तर यति गर्दा पनि यामलाल कँडेलले पाठ सिक्न सकेनन् ।

२०७८ बैशाख ३ गते उनी मुख्यमन्त्री बन्न मुख्यमन्त्री शाहीको सरकार ढाल्नुपर्ने दिन थियो । उल्टै एमालेकै नेताहरुले यामलालको सिट परिवर्तन गरेर सत्तापक्षबाट सोझै खसालेर प्रतिपक्षको सिटमा थन्क्याईदिए ।

यो सानो प्रहार होइन् । यो सानो षडयन्त्र होइन् । तर पनि यामलाल कडँेलले सुइको पाएनन् । पाएपनि उनले त्यसलाई रोक्ने क्षमता प्रदर्शन गर्न सकेनन् । आफ्नो राजनीतिक कौशल देखाउन नसकेका उनी अहिले मनको भँडास पोख्न व्यस्त छन् ।

सत्तापक्षको सिटबाट प्रतिपक्ष सिटमा झरेको दिन नै उनले फ्लोर क्रस गर्ने नेतालाई भगौडा भने । राजनीतिमा कोही कहिल्यै भगौडा हुदैन् । आफूलाई दम्भ र घमण्डको पाठ सिकाउनेप्रति उनी यति निर्मम शब्द प्रहार गर्छन् ।

उल्टै मैदानमा उनी निरीह प्रतिपक्ष बन्नु परेको छ । तर आफूलाई हराउनेहरुलाई भगौडा भन्न व्यस्त छन् । यो कम्तीमा यामलाल कँडेल जस्ता नेता भनिने व्यक्तित्वहरुबाट आश गरिने राजनीतिक संस्कार होइन् ।

कर्णालीमा माओवादीको सरकार बनेपनि सही शासन र सही नेतृत्व बन्न सकेको छैन् । जनताको शासन महसुस हुन सकेको छैन् । यस्तो बेला कर्णाली बुझेका, राजनीति जानेका यामलाल कँडेल मुख्यमन्त्री भएको खण्डमा केही न केही परिवर्तनको आभास हुन्थ्यो ।

तर उनी मुखैमा आएको मुख्यमन्त्री पद गुम्दा पनि पाठ सिक्दैनन् । यो उनैका लागि राजनीतिक बेइमानी हो ।/karnaalikhabar.com

प्रकाशित मितिः बुधबार, बैशाख २२, २०७८     12:40:54 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *