राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी हुदै -सचिव कृष्ण प्रसाद काप्री द्धवारा रंगशालाको  निरिक्षण

२०८० सालमा मा हुने १० औ राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनका लागी सुर्खेतमा रहेको खेलकुद  सामाजिक बिकास मन्त्रालयका सचिव कृष्ण प्रसाद काप्री द्धवारा स्थलगत निरिक्षण गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले २०८० मा राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा सञ्चालन गर्ने योजना बनाए अनुरुप रंगशाला निमार्ण गर्न लागीएको सचिव कृष्ण प्रसाद काप्रीले बताउनु भयो ।

यस रंगशालाको लागत १ अर्ब ४४ करोड बहुबर्षिय योजना स्वीकृतिका लागी पर्देश योजना आयोगमा अड्किएको कर्णाली प्रदेश खेलकुद बिकास परिषद सदस्य सचिव बिश्वामित्र संज्यालले बताउनु भयो । पर्देश योजना आयोग र अर्थमन्त्रालयबाट बजेट स्वीकृति दिने बित्तीकै टेन्डरमा गएर तत्काल काम सुरु गरिने सचिव संज्याले बताउनु भयो ।।


कर्णाली प्रदेश सरकार गठन भएको पहिलो आर्थिक बर्षमा १० करोड द्रोस्रो आर्धिक बर्षमा ७ करोड बजेट खेलकुदमा बिनियोजन गरेको भय पनि कार्यनवयन गर्न नसक्दा फ्रिरिज भएको हो । चालु आर्धिक बर्षमा ४ करोड बिनियोजन गरिएको भयता पनि तत्काल टेन्डर प्रक्रियामा जान नसेके फ्रिज हुने सम्भावना रहेका संज्याल ले बताउनु भयो ।।

कर्णाली पर्देश खेलकुद बिकास परिषद गठन भएको पाँच महिना बितिसक्दा पनि खेलकुदमा बिनियोजन गरिएको बजेटको अक्तीयारी कर्णाली पर्देश खेलकुद बिकास परिषदलाइ नदिदा बजेट अल्पत्र परेको हो । तत्कालिन सामाजिक बिकास मन्त्री दल रावाल हुदा चैत्र १८ गते परिषदलाइ अक्तीयारी दिने निर्णय भयपनि हाल सम्म कायनवयन नगरेको पाइएको छ ।

कर्णाली पर्देश सरकारले यस रंगशाला लाई पर्देश गौरबको आयोजनाका रुपमा बिकास गर्ने लक्षय राखेको छ । उक्त आयोजना सम्पन्न गर्न रंगशालाको गुरु योजना अनुसार करिब ३ अर्ब खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मितिः बुधबार, बैशाख २२, २०७८     8:50:54 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *