घर बिहिन हिरालाललाई अध्यक्ष बमकाे आर्थिक सहयाेग ।

कालिकोट – घरबार विहिन पलाँता गाउँपालिका वडा नम्वर २ लार्फाका हिरालाल दमाईलाई पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले व्यक्तिगत रूपमा आर्थिक सहयाेग गरेका छन ।

दैनिक ज्याला मजदुरि गरि जीवन निर्वाह गर्दै आईरहेका हिरालाललाई लकडाउनमा

आफ्नाे परिवार पाल्न समस्या भएपछि दश हजार नगद, चामल, पानी खाने ट्यांकि लगायतका सामानहरू सहयाेग गरेकाे जनाईएकाे छ ।
विहान वेलुकि हातमुख जाेर्न समस्या भएका हिरालालले अध्यक्ष बमवाट आर्थिक सहयाेग पाएपछि निकै खुसि भएका छन ।
आफुलाई याे समस्याको अवस्थामा कुनै राेजागारि लगाईदिन समेत आग्रह गरेका थिए ।

अध्यक्ष बमले पालिकामा दैनिक ज्याला मजदुरि गरि खाने वर्गहरूलाई लकडाउनले कतिकाे प्रभावित छन तथ्यांक संकलन गरेर उनिहरूलाई आन्तरिक राेजागारिकाे व्यवस्थापन गर्ने बताए ।onlinenewskhabar.com

प्रकाशित मितिः सोमवार, जेष्ठ ३, २०७८     7:01:07 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *