संयुक्त विद्यार्थी संगठनले लगायाे मप विश्वविद्यालयमा अनिश्चितकालिन तालबन्दी

सुर्खेत । संयुक्त विद्यार्थी संगठनले मध्यपश्चिम विश्वविद्यालयमा अनिश्चितकालिन तालबन्दी गरेका छन् । बिहीबार विद्याथीहरुले आफुुहरुले राखेको मार्गहरु पुरा नभएको भन्दै म।प विश्व बिद्यालयको केन्द्रिय क्यापस, परिक्षा व्यवस्थापन कार्यालयलगायत सम्पूर्ण संकायको क्यापसहरुमा अनिश्चित कालकालागि बन्द गरेका हुन् ।

विद्यार्थीहरुले यहि साउन ३ गते १८ बुँदे माग राखी विश्वविद्यालय प्रशासनलाई ध्यानाकाषर्ण गराएका थिए । उक्त मागको बारेमा प्रशासन बेखबर भएको भन्दै विभिन्न विद्यार्थी संगठनहरु आन्दोलित भएका छन् । उनिहरूले निरन्तर मप विश्वविद्यालयमा आन्दलोनका कार्यक्रमहरू गर्दै आएका छन् ।

माग आफूहरुको मार्गलाई विश्वविद्यालय प्रशासनले व्यवस्था नगरेकोभन्दै आक्रोशितभएका विद्यार्थीहरुले विश्वविद्यालय प्रशासनलाई चेतावनीस्वरुप ताला लगाएका हुन् ।

विद्यार्थीहरुको मागलाई वास्था नगरेका कारण आन्दोलन गर्नुपरेको र पटक–पटक प्रशासनलाई ध्यानाकर्षण गर्दा समेत प्रशासने वास्था नगरेकाले आन्दोलन गर्नुपरेको अखिल क्रान्तीकारीका बिध्यार्थी नेता रत्न शर्मा ले बताउनु भयो ।। उनले विद्यार्थीहरुका मागहरुप्रति प्रशासनले कुनै वास्था नगरेका कारण आन्दोलन गर्न वाध्य भएको बताए । वार्ताको लागि आफूहरु साधै तयार रहेको उनिहरुकाे भनाई रहेकाे छ  ।
प्रकाशित मितिः बिहिबार, साउन ७, २०७८     3:20:52 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *