नेकपा एमाले त्याग्दै एकीकृत समाजवादी पार्टीमा सनाखत गर्ने सुरु

नेकपा (एमाले)बाट सूर्य चिन्ह मार्फत स्थानीय तहको निर्वाचन जितेका कालिकोटका जनप्रतिनिधिहरुले नेकपा(एकीकृत समाजवादी)मा सनाखत सुरु गरेका छन् ।

निर्वाचन आयोगले यही भदौ २२ गते कार्यालय समयभित्र सनाखत गरिसक्नुपर्ने समयावधि तोके अनुसार आज कालिकोटको राष्काेट नगरपालिका वडा नं.९ का वडा अध्यक्ष डबल बाेगटी र केही जनप्रतिनिधिहरुले सनाखत गरेका हुन् ।

जिल्ला निर्वाचन कार्यालयमा पुगेर वडा अध्यक्ष बाेगटीका साथै अन्य पालिकाका जनप्रतिनिधि हरुले (एकीकृत समाजवादी)मा सनाखत गरेका छन् ।

समाजबादि पाटीमा कालिकोटको शुभकालिका अध्यक्ष खडान्द अधिकारी नरहरीनाथँ गाउँ पालिका अध्यक्ष धिरबहादुर बिष्ट,खाँडाचक्र नगरपालिका उप-प्रमुख बिजया बिष्ट र शुभकालिका गाउँपालिका उपाध्यक्ष पम्फाकुमारी शाही लगाएतका दर्जनौं जनप्रतिनिधि सनाखत गर्ने भएका छन् ।

समाजवादी कालिकोटको केही दिन अघि सम्पन्न जिल्ला भेलाले सनाखत प्रक्रियाका लागि नेता गाउँले संयोजक र कमलबहादुर शाही, चन्द्रबहादुर शाही,कृष्णकला पाण्डे,भूपेन्द्र वम,दन्त वम लगाएतका सदस्य रहेको कार्यदल गठन गरेको थियोे ।

प्रकाशित मितिः मङ्लबार, भदौ १५, २०७८     7:19:21 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *