बासु आर्चायले ब्याक्तिगत लगानीमा डुङ्गेश्वरमा दुर्गाभवानीको मन्दिर निर्माण

 

सुर्खेत ।  दैलेखको तल्लो डुङ्गेश्वरमा दुर्गाभवानीको मन्दिर निर्माण गरिएको छ ।

करीब ५लाख लागतमा सुर्खेत वीरेन्द्रनगर-५,सुर्खेतका युवा बासु आर्चायले आफ्नो व्यक्तिगत लगानीमा मन्दिर स्थापना गरेका हुन् ।

मन्दिरमा भारतको चण्डीगढबाट दुर्गा भवानीको मुर्तिल्याइएको हो । उक्त मुर्तिलाई घटस्थापनाका दिन मन्दिरमा पुजापाठ गरि स्थापना गरिएको आचार्यले बताए ।

पछिल्लो समयमा युवावर्गमा हराउँदै गएको धार्मिक सांस्कृति परम्परालाई रक्षा गर्नकालागि दैलेखको प्रसिद्ध धार्मिक स्थल पञ्चकोशीक्षेत्रमा आफुले आफ्नै बलवुता र तनमनका साथ मन्दिर स्थापना गरेको बताएकाछन् ।

प्रकाशित मितिः शुक्रबार, अशोज २२, २०७८     5:41:10 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *