बागमतीमा मन्त्रिपरिषद विस्तार, दुई मन्त्री थपिए

२५ कात्तिक, काठमाण्डौ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डेले बिहीबार दुई मन्त्री थप गर्दै मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

उनले मन्त्रिपरिषद्मा नेकपा माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजना मन्त्रालयमा शालिकराम जम्कट्टेल र स्वास्थ्य मन्त्रालयमा नेपाली काँग्रेसबाट नीमा लामालाई समावेश गरेका हुन् ।

नवनियुक्त मन्त्रीद्वयले आज नै पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनीहरूलाई पद तथा गाेपनीयताकाे शपथ गराएका हुन् ।

कार्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोही दिन तीन मन्त्री नियुक्त गरेका थिए । त्यस यता पहिलो पटक मन्त्रिपरिषद् विस्तार भएको हो । यद्यपि मन्त्रिपरिषद् विस्तारले अझै पूर्णता पाउन सकेको छैन ।

मन्त्रिपरिषद् विस्तारलाई पूर्णता दिन नसकेका मुख्यमन्त्री पाण्डेले भूमि, व्यवस्था तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी आफैले सम्हालेका छन् ।

 

प्रकाशित मितिः बिहिबार, कार्तिक २५, २०७८     8:03:10 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *