आज ३७७ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

कात्तिक ३०,काठमाण्डौ।

आज कात्तिक ३० २०७८ नेपालमा पछिल्लो २४ घन्टामा ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १४९ नमूना परीक्षणमध्ये ३३९ पीसीआर र ३८ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ४८२ पुगेको छ । मन्त्रालयका अनुसार थप १७० जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ९८ हजार ७१४ पुगेको छ ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक ३०, २०७८     7:53:38 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *