एमाले अनुपस्थित भएपछि प्रदेशसभा स्थगित

३० कात्तिक,काठमाण्डौ ।

मंगलबार बसेको प्रदेश १ सभाको बैठक बुधबार बिहान ११:३० बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रदेशसभाको बैठक सुरू हुनासाथ सभामुख प्रदीपकुमार भण्डारीले कार्यसूचीमा प्रवेशै नगरी प्रमुख प्रतिपक्षी दल अनुपस्थित भएको भन्दै भोलि बुधबार बिहान ११:३० बजेसम्मका लागि स्थगित भएको घोषणा गरेका थिए ।

प्रमुख प्रतिपक्षी एमालेले बन्दका कारण प्रदेश सांसदहरू उपस्थित हुन नसकेकाले सदन स्थगितका लागि प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएका थिए ।

मुख्यमन्त्री राजेन्द्र राईले मंगलबारको संसद्‍मा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने र निर्णयार्थ प्रस्तुत हुने कार्यसूची थियो । यसका लागि विभिन्न स्थानबाट आएका गठबन्धन दलका सांसद्‍हरू अघिल्लो रातिदेखि नै होटलमा बसेर विश्वासको मत दिनेबारे छलफल गरिरहेका थिए ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक ३०, २०७८     8:07:38 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *