सुनको मूल्य एकैदिन १६ सय रुपैयाँले घट्यो

७ मंसिर, काठमाडौं ।

मंगलबार सुनको मूल्य एकैदिन १६ सय रुपैयाँले घटेको छ ।

सोमबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९२ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आज तेजावी सुनको प्रतितोला मूल्य ९१ हजार ८ सय रुपैयाँ तोकेको छ । सोमबार उक्त सुन ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदीको प्रतितोला भाउ १२७० बाट १२ सय ५५ रुपैयाँमा आइपुगेको छ ।

अन्तर्राष्ट्रिय बजारको असरकै कारण नेपालमा पनि सुनचाँदीको मूल्यमा गिरावट आएको महासंघले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, मंसिर ७, २०७८     2:02:34 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *