रोजगार संयोजकका लागि २२ सय ५९ जना सर्ट लिस्टमा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहहरुमा नियुक्त गर्न लागेको रोजगार संयोजकका लागि २ हजार २ सय ५९ जना सर्टलिष्ट तयार गरेको छ ।

मन्त्रालयले ७५३ तहका लागि प्रतितह (अधिकृत र नाशुसरह) ३ जनाका दरले २ हजार २ सय ५९ जनाको नाम सर्टलिष्ट गरेको हो ।

यसबाट पनि मन्त्रालयले कम्प्युटर स्कील परीक्षा लिएर ७५३ जना रोजगार संयोजक नियुक्त गरेर सबै तहमा खटाउनेछ । रोजगार संयोजकका लागि जम्मा २३ हजार ९ सय ६८ जनाको आवेदन परेको थियो ।

प्रदेश १ बाट रोजगार संयोजक (शाखा अधिकृत सरह) का लागि २ हजार १६४ जनाले आवदेन दिएका थिए । जसमध्ये ३ सय ९० जना सर्ट लिस्टमा परेका छन् । प्रदेश १ मा १३० जनालाई छनोट गरिनेछ । हेर्नुहोस् सर्ट लिस्ट

प्रदेश १ बाट ७ रोजगार संयोजक (नासु सरह) माग भएकोमा १५ सय १ जनाले आवेदन दिएका थिए । जसमध्ये २१ जना सर्ट लिस्टमा परेका छन् । हेर्नुहोस् सर्ट लिस्ट

यस्तै प्रदेश २ मा रोजगार संयोजक (शाखा अधिकृत सरह) मा १ सय ३६ जना माग गरिएकोमा ३ हजार ६ सय ४७ जनाले आवेदन दिएका थिए । ति मध्ये ४ सय ८ जना सर्ट लिस्टमा परेका छन् ।  हेर्नुहोस् सर्ट लिस्ट

प्रदेश नम्बर ३ बाट रोजगार संयोजक (शाखा अधिकृत सरह) का लागि १ सय १२ जनाको माग गरिएकोमा ३ हजार १ सय ४९ जनाको आवेदन परेको थियो । त्यसमध्ये ३ सय ३७ जना सर्ट लिस्टमा परेका छन् ।  हेर्नुहोस् सर्ट लिस्ट

प्रदेश ३ बाट ७ जना रोजगार संयोजक (नासु सरह माग गरिएकोमा १ हजार ८ सय ४५ जनाको आवेदन परेको थियो । जसमा २२ जना सर्ट लिस्टमा परेका छन् । हेर्नुहोस् सर्ट लिस्ट

गण्डकी प्रदेशबाट रोजगार संयोजक (शाखा अधिकृत सरह) का लागि ७४ जनाको माग गरिएकोमा एक हजार १० जनाको आवेदन परेको थियो । जसमध्ये २ सय २२ जनालाई सर्ट लिस्टमा राखिएको छ । हेर्नुहोस् सर्ट लिस्ट

गण्डकी प्रदेशमा नै ११ रोजगार संयोजक (नासु सरह) माग गरिएकोमा ९ सय ४५ ले जनाको आवेदन परेको थियो । जसमा ३३ जना सर्ट लिस्टमा परेका छन् । हेर्नुहोस् सर्ट लिस्ट

प्रदेश ५ मा रोजगार संयोजक (शाखा अधिकृत सरह) का लागि १ सय जनाको माग गरिएको थियो । जसमा २ हजार २ सय ७३ जनाको आवेदन परेकोमा ३ सय २७ जना सर्ट लिस्टमा परेका छन् । हेर्नुहोस् सर्ट लिस्ट

कर्णाली प्रदेशबाट रोजगार संयोजक (शाखा अधिकृत सरह) का लागि ६२ जना माग गरिएकोमा १ हजार ३ सय ८८ जनाको आवेदन परेको थियो । आवेदन दिएकामध्ये बाट १ सय ८६ जना सर्ट लिस्टमा परेका छन् । हेर्नुहोस् सर्ट लिस्ट

कर्णाली प्रदेशमै १७ रोजगार संयोजक (नासु सरह) माग गरिएकोमा १ हजार ९ सय ९० जनाले आवेदन दिएका थिए । जसमा ५२ जना सर्ट लिस्टमा परेका छन् । हेर्नुहोस् सर्ट लिस्ट

सुदूरपश्चिम प्रदेशबाट रोजगार संयोजक (शाखा अधिकृत सरह) का लागि ८२ जना माग गरिएकोमा २ हजार ४ सय ३ जनाको आवेदन परेको थियो । जसमा २ सय ४६ जना सर्ट लिस्टमा छानिएका छन् । हेर्नुहोस् सर्ट लिस्ट

सुदूरपश्चिम प्रदेशमै ६ जना रोजगार संयोजक (नासु सरह) माग गरिएकोमा १ हजार ६ सय २ जनाले आवेदन दिएका छन् । जसमध्ये १८ जना सर्ट लिस्टमा परेका छन् । हेर्नुहोस् सर्ट लिस्ट

कम्प्युटर स्कील परीक्षा भने सबै प्रदेशको काठमाडौंमै गर्ने भएको छ । यसअघि सम्बन्धित प्रदेशको राजधानीमै हुने भनिएको परीक्षा मन्त्रालयले प्राविधिक समस्या देखाउँदै काठमाडौंमै गर्न लागेको हो ।

सातवटै प्रदेशमा गर्ने भनिएपनि सबै प्रदेशमा एकैचोटी परीक्षा लिन कम्प्युटर उपलब्ध नहुने भएकाले काठमाडौंमा गर्न लागिएका मन्त्रालयका सहसचिव प्रकाश दाहालले बताए । दाहालका अनुसार परिक्षा ११ र १२ गते पुल्चोक इन्जीनियरिङ क्याम्पसमा हुनेछ ।