राष्ट्रिय नागरिक पार्टी सुर्खेतमा बिस्तार

राष्ट्रिय नागरिक पार्टी कर्णाली प्रदेशको राजधानि वीरेन्द्रनगर सुर्खेतमा बिस्तार गरिएको छ । पार्टीका सुर्खेत अध्यक्ष कम्लप्रसाद पौडेलको अध्यक्षता आयोजित पार्टी बिस्तार कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष शुक्रबहादुर गुरुङ्ले राष्ट्र, राष्ट्रियता र प्रजातान्त्रिक पद्धतिको नारा बोकी राष्ट्रिय नागरिक पार्टीले नेपालमा बस्ने गरिब, मजदुर, किसान, आदिबासि, जनजाति तथा पछाडी पारीएका सबै बर्गलाई समेटेर सबैको साझा पार्टी बनाउने अभियानमा आफूहरु लागि परेको बताउनु भयो । भष्ट्रचारीलाई कडा सजाए गराउने, नेपालीलाई उत्पिडन, दमनबाट मुतm गराई आर्थिक रुपमा सम्पन्न र राजनीतिक रुपमा देशलाई सार्बभौम सम्पन्न तुल्याउने पार्टीको महान् उदेश्य रहेको अध्यक्ष गुरुङ्ले जिकर गर्नुभयो । तिन वटै तहमा बह्मलुट भइरहेकोले टुलुटुलु हेरेर बस्न नसकिने भन्दै अध्यक्ष गुरुङ्ले यसको बिरुद्धमा लाग्न सबैलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा बरिष्ठ नेता सिद्धार्थ अधिकारीले नेपालमा बिभिन्न सरकारले सञ्चालन गरेका गलत क्रियाकलापहरुको बिरुद्धमा पार्टी उत्रिएको टिप्पणि गर्दै मूलुकका सबै जिल्लाहरुमा संगठन बिस्तार गरि गलत क्रियाकलापहरुको अन्त्य गर्ने अभियानमा साथ दिन आग्रह गर्नुभयो । हिन्दु धर्ममा बिश्वास गर्ने सम्पुर्ण नेपालीहरुलाई गोलबन्द बनाएर आफ्नो धर्म रक्षाको लागि सबैको साथ आबस्क छ, उपाध्यक्ष अधिकारीले भन्नुभयो नेपाल आमा माथि गिद्धे नजर लगाउने, सिमा मिच्ने जस्ता कार्य गर्ने बैरीहरुको अगाडी नझुकि यो देशको अस्तित्व जोगाउन पनि यो पार्टीलाई साथ दिन आग्रह गर्नुभयो ।
केन्द्रिय पदाधिकारीहरुको समेत सहभागिता रहेको कार्यक्रममा राष्ट्रिय नागरिक पार्टी जिल्ला समिति सुर्खेतको कार्यसमितिको समेत घोषणा गरिएको छ ।