नमूना नगर निर्माणको अभियानमा सक्रिय नगर प्रमूख गोविन्द कुमार पुन 

गोविन्दकुमार पुन वनगाड कुपिण्डे नगरपालिका सल्यानको प्रमुख पदमा रहि कार्य सम्पादन गरिरहनु भएको छ । २०२७ साल असार १५ गते बुवा कर्णाबहादुर पुन र आमा हिमादेवी पुनको पुनको कोखबाट साबिकको बामे गाविस बाँझकोट हालको बनगाड कुपिण्डे नगरपालिका ३ मा उहाँको जन्म भएको हो । २०४४ सालमा केसरी कुमारी रावतसँग बैवाहिक सम्बन्धमा गाँसिनु भएका प्रमूख पुनका एक छोरा, एक छोरी सहितको सानो र सुखी परिवार छ । २०३२ सालमा श्री मुक्ति प्रावि हिलेपोखरीमा औपचारिक शिक्षा हाँसिल गर्न भर्ना भएका पुनले एसएलसी सम्मको औपचारिक शिक्षा हाँसिल गर्नु भएको छ ।
मुक्ति माबि बिद्यालयको बिद्यालय ब्यबस्थापन समितिको २ पटक अध्यक्ष रहेको शैक्षिक सुधारमा भूमिका निर्बाह गर्दै, तृज माबि संख पिपलचिउरा बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष, तत्कालिन जिल्ला शिक्षा समिति सदस्य भई जिल्ला भरिको शिक्षा सुधारका लागि भूमिका, भेरी राप्ती बस ब्यबसायि समितिको संस्थापक अध्यक्ष भई जनतालाई आवत जावतका लागि सर्बसुलभ भाडा निधारण गरि सेवा प्रबाह, बनगाड क्याम्पस सल्यानको संस्थापक सदस्य लगायतका पदमा रहि समाजसेवामा भूमिका खेलेका प्रमूख पुन नगरको समग्र विकासमा पनि क्रियाशिल रहनु भएको छ । स्थानिय तहको निर्बाचन सँग नेतृत्व पाएका पुनको अगुवाइमा नगरका सबै वडाहरुमा सडक बिस्तार, १२ ओटा वडाहरुमा स्वास्थ्य चौकि स्थापना, सबैभन्दा नगरको महत्वपुर्ण योजना रिगंरोडको डिपिआर तयार, कुपिन्डे ताल सम्म पुग्ने मोटरबाटो निमार्ण, शिक्षामा भएको बिकृतिको अन्त्य गर्दै शिक्षामा सुधार, नगरपालिका भरी अनुगमन गरि शिक्षामा सुधार लगायतका कामहरु सम्पन्न भएका छन् भने आगामी कार्यकालका लागि पनि केही योजनाहरुको तय गरि कार्यान्वयनको प्रक्रियामा रहनु भएको छ । एक सय रोपनी जग्गामा एउटा मिनि रंगशाला निर्माण गर्ने, कुपेन्डे तालको डिपिआर गरि भौतिक संचरना निमार्ण गरी आन्तरीक पर्यटक भित्र्याउने, नगरको सेन्टर देखि तारुपरे सिद्धगुफा सम्म २ लाइनको बाटो निमार्ण गरि आवत जावतमा सजिलो गर्ने, नगरका सबै वडाहरुमा बत्ति बिस्तार गर्ने लगायतका योजनाहरु कार्यान्वयको प्रक्रियामा रहेका छन् ।

               पर्यटन क्षेत्रलाई पचारप्रसार र बिकास गर्ने, खानेपानी, कृषि, स्वास्थ्य र शिक्षाको गुणस्तर सुधारका लागि बिशेस सहयोग गर्दै सक्षम जनसक्ति निमार्णका लागि बिशेस कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएका प्रमूख पुन राजनीति र सामाजिक कार्यमा तदारुकता देखाउनु हुन्छ ।  अध्ययनमा रुचि राख्ने प्रमूख पुन २०४६ सालको आन्दोलनमा हुमिदा र २०५५ सालमा गाबिस अध्यक्ष निर्बाचित भइसकेपछि तत्कालिन नेकपा माओबादिले दिएको यातनालाई जीवनको अबिष्मरणिय क्षण मान्नु हुन्छ । छैटौं विश्व युवा सम्मेलनमा दक्षिण अफ्रिकाको जोनिसब्राक पुगेका प्रमूख पुन सल्यान जिल्लाकै नमुना नगरपालिका निर्माणको अभियानमा लागि पर्नुभएको छ ।

राजनितिक यात्रा
२०४६ सालमा बिद्यार्थी राजनीतिबाट बुहदल ल्याउनका लागि बिभिन्न आन्दोलनमा सहभागि,
२०४७ सालदेखि २०४९ सालसम्म तत्कालिन नेकपा एमाले इलाका ममिटि सदस्य,
२०५४ सालमा साबिकाको बामे गाबिस अध्यक्ष निर्बाचित,
२०५४ सालमा तत्कालिन नेकपा एमाले बिभाजित भइसकेपछि नेकपा मालेको जिल्ला कमिटि सदस्य,
२०५६ सालमा नेकपा माले निकट प्रजातन्त्रिक युवासंघ सल्यानको जिल्ला अध्यक्ष,
२०५८ सालमा पार्टी एकिकरण पछि नेकपा एमाले जिल्ला कमिटि सदस्य,
२०५९ सालमा नेकपा एमाले निकट प्रजातान्त्रिक राष्टिय युवा संघ जिल्ला अध्यक्ष,
२०६० सालमा प्रजातान्त्रिक राष्टीय युवा संघको केन्दीय ककिटि सदस्य,
२०६४ सालमा प्रजातान्त्रिक राष्टीय युवा संघको केन्दीय ककिटि सचिवालय सदस्य, राप्ती इन्चार्ज,
२०६८ सालमा नेकपा एमाले सातौं जिल्ला अबिधेसनबाट मंसिरमा नेकपा एमाले जिल्ला किमिटि उपाध्यक्ष,
२०७१ सालमा नेकपा एमालेको आठौ जिल्ला अधिबेसनबाट जिल्ला अध्यक्ष,
२०७४ सालको स्थानि यतहको निर्बाचनमा बनगाड कुपिन्डे नगरपािलकाको नगरप्रमुख पदमा निर्बाचित,
२०७५ सालमा नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेश सदस्य ।                                                                                                                    २०७५ सालमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको सल्यान जिल्ला अध्यक्ष ।

सफलताको बाटो