सेनाका कमाण्डर शाही विकासका पनि कमान्डर

रत्नबहादुर शाही कालीकोट जिल्लाको तिलागुफा नगरपालिकाको नगर प्रमुख पदमा कार्यरत हुनुहुन्छ । २०३७ साल फागुन १५ गते वुवा पैलबहादुर शाही र आमा स्व. लक्ष्मि शाहीको कोखबाट साबिकको छाप्रे गाविस २, हालको तिलागुफा नगरपालिका ७ मा शाहीको जन्म भएको हो । २०५८ साल मंसिरमा सुर्जा शाही सँग वैबाहिक सम्बन्धमा बाँधिनुभएका शाहीका १ छोरा र १ छोरी छन् । कालिका प्रावि छाप्रेमा २०४३ सालमा औपचारिक शिक्षा हाँसील गर्न भर्ना भएका शाहीले २०५४ सालमा एसएलसी उतिर्ण गरि प्लस टु सम्मको शिक्षा हाँसील गर्नुभएको छ
स्कुल यात्रा संगै जातीय विभेदले समाजमा जरो गाडिरहेका बेला जातीय विभेद विरुद्ध विशेष अभियानहरुमा आबद्ध हुदै बिभेदको अन्त्यको शंखघोष गर्दै तत्कालिन जनमुक्ती सेनामा हुँदा पनि जनसमुदायको बीचमा रही सामाजिक कार्यमा निरन्तरता दिदै आएका शाहीले आफूले जीवनमा गरेका समाजको हितका कार्यले गर्दा अहिले समाजको सेवा गर्ने अबसर पाएकोमा गर्ब गर्नुहुन्छ ।

नगरपालिकाको प्रमूख भएएता रतनको नेतृत्वमा केही कामहरुले पूर्णत पाइसकेका छन् भने केही महत्वपूर्ण कामहरुको पनि थालनि गर्नुभएको छ । प्रमूख भएपछिको छोटै समयमा तीलागुफा नगरपालिकाको १० वटै वडामा सडक बाटो बिस्तार, नगरपालिकाको ५ वटा वडामा विद्युत विस्तार, ११ वटै वडामा वर्थिङ सेन्टरबाट सेवा सुचारु, आरआरएन, सिडीपीको सहयोगमा ६ नं. वडा कार्यालयको नमुना वडा भवन निर्माण सम्पन्न, वडा नं. ९ को एउटा बस्तिमा १ घर १ धारा वृहत खानेपानी आयोजना सम्पन्न, कृषि शाखाबाट किसानहरुलाई अनुदानमा विभिन्न किसिमका विरुवाहरु, विउहरु, मल र औजारहरु वितरण, तिलागुफा नगरपालिका नामाकरण भएको गुफासम्म जाने बाटो आरसिसि र नदीमा झुलङ्गुे पुल निर्माण कार्य सम्पन्न, नाग्मघाट र बालीघाटमा सार्वजनिक सौचालय निर्माण, आधारभुत शिक्षालाई प्रभावकारी बनाउन तिलागुफा नगरपालिकाका ११ वटै वडामा रहेका बालविकास केन्द्रको लागि १ करोड, ७० लाख बजेट विनियोजन र सिकाइलाई प्रभावकारी बनाउन नगर शिक्षा समितिबाट निरन्तर अनुगमन र मूल्याङ्कन, तिलागुफाको पर्यटकीय क्षेत्र पुगमालिका र चुलीमालिकामा ३ वटा धरमशालाको निर्माण, विभिन्न विपद्बाट प्रभावित समुदायहरुलाई आवश्यक राहत वितरण, तिलागुफाका १, २, ३ र ४ नं. वडामा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा तथा १ र ३ वडालाई छाउपडी प्रथा मुक्त घोषणा, पूर्ण खोपयुक्त नगरपालिका घोषणा लगायतका हाम सम्म महत्वपूर्ण कामहरु नगरपालिकाले सम्पन्न गरेको छ भने आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने प्रमूख शाहीको भनाई रहेको छ ।

जे जति काम गरियो त्यसमै मन बुझाउने हो भने आगामी दिनमा केही पनि नहुन सक्छ भन्नेमा सजग प्रमूख शाहीका पनि भावि योजनाहरु पनि छन् । नगरपालिकालाई अरु भन्दा अब्बल बनाउन योजना निर्माण गर्नु र त्यसलाई कार्यान्वय गरिनुले नै विकासमा टेवा पुगाउँछ । नगरपालिकामा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधारको विकास गर्ने, नगरपालिकामा सामाजिक र साँस्कृतिक कुरितिलाई हटाउँदै समृद्ध नगरको विकास गर्ने आगामी योजनाहरु रहेकाछन् । तिलागुफा नगरपालिकालाई समृद्ध र नागरिकहरुलाई सुखी बनाउन विशेष नेतृत्वदायि भुमिका निर्वाह गर्ने योजना बनाएका नगरप्रमूख शाहीको जीवनमा जुम्लाको रारालिहीमा तत्कालिन जनमुक्ति सेनाका कमाण्डर चतुर्भुज शाही (क. हरिस) को सहादत हुँदा कुशल कमाण्डर गुमाउनु परेको क्षण नै अबिष्मरणिय क्षण हो । राजनैतिक यात्रा मार्फत नै सामाजिक सेवामा समर्पीत हुने लक्ष्य लिएका शाहीको खेल खेल्नमा रुचि छ भने नभै नहुने लत पनि केही छैन र हालसम्म रक्तदान समेत गर्नुभएको छैन ।

राजनितिक यात्रा
२०५५ जेष्ठ ११ तत्कालिन नेकपा माओवादी पार्टीमा आबद्ध भई भुमिगत राजनीतिक यात्रा सुरु,
२०५५ कात्तिकमा कालीकोट जिल्लाको प्राप्ति छापामार दलको सदस्य,
२०५६ पौषमा क्षेत्रीय प्लाटुन दलको सदस्य भई २०५७ सम्म क्रियाशिल,
२०५६ मा तीतेछहडा सान्नीघाट र पाद्मघाट आक्रमणमा सहभााग,
२०५६÷०५७ मा डोल्पाको दुनै, जुम्लाको रारालिही, अछामको बिनायक, कालीकोटको कोटबाडा, जाजरकोटको पाँचकटीया, दैलेखको नौमुले, रुकुमको खारालगायतका आक्रमणमा सहभागि,
२०५८ मा प्लाटुन दलको सहकमाण्डर भएर हुम्लामा कमाण्ड,
२०५८ मा रोल्पाको होलेरीको आक्रमणमा सहभागी तथा रोल्पाको नुवागाउँमा तत्कालिन शाही नेपाली सेनासँगको पहिलो मुडभेडमा सहभागि,
२०५८ मंसिर ८ गते दाङ्गको सदरमुकाम घोराही आक्रमणमा प्लाटुन कमाण्डर भएर नेतृत्व,
०५८ फागुनमा अछामको सदरमुकाम मंगलसेन आक्रमणमा सहभागि,
२०५९ कात्तिकमा तत्कालीन कर्णाली अञ्चल सदरमुकाम जुम्ला आक्रमणमा कम्पनी सहकमाण्डर भई लडाइमा सहभागि,
२०६० मा कम्पनी कमाण्डरको भूमीका निर्वाह गर्दै बाँके, बर्दियाका कुसुम, रम्बापुर, गणेशपुरलगायतका लडाइमा सहभागि भई घाइते,
२०६० सालमा म्याग्दिको सदरमुकाम बेनी आक्रमणमा सहभागि,
२०६१÷०६२ मा तत्कालिन नेकपा माओवादीको ढाडमा टेकेर टाउकोमा हान्ने अभियान अन्तर्गत गण्डकका सबै लडाईंमा बटालियन सहकमाण्डर रहि नेतृत्व सम्हालेको,
२०६२ मा अर्वान सहरी क्षेत्रमा तत्कालिन जनमुक्ती सेनाको कमाण्डोको भुमिका निर्वाह,
२०६२ साउन २३ गतेको चर्चित कालीकोटको पिली आक्रमणमा ब्रिगेड सहकमाण्डरको भुमिका निर्वाह,
२०६३ मा छैटौं डिभिजन अन्तर्गत पिली स्मृति ब्रिगेडको कमाण्डर भएर शान्ति प्रक्रियामा सुर्खेतको गुमीमा क्याम्पीङ्ग,
२०६४ मा गुमीबाट सरुवा भई खोल्टेपानीमा जीत स्मृति ब्रिगेडको कमाण्डरको भुमिका निर्बाह,
२०६७÷०६८ मा शान्तिप्रक्रियाको कोशेढङ्गा सेना समायोजनको प्रक्रियामा स्वइच्छिक अवकास लिई राजनैतीक नेतृत्वमा क्रियाशिल,
२०७० सालको संविधान सभाको निर्वाचनमा कालीकोट जिल्लाको पूर्वी ईलाकाको इन्चार्जको भूमिका निर्वाह,
२०७४ साल वैशाख १६ गते तीलागुफा नगरपालिकाको प्रमुखको टिकट प्राप्त गरि ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तीलागुफा नगरपालिकाको प्रमुखमा वीजयी ।