गाउँपालिकाको समग्र विकासमा क्रियाशिल अध्यक्ष धीर बहादुर शाही 

धीरबहादुर शाही ठाटीकाँध गाउँपालिका दैलेखको अध्यक्ष पदमा कार्यरत रहि कार्य सम्पादन गरिरहनु भएको छ । २०२० साल असार ४ गते स्व. बुवा बिक्रम शाही र बिष्णा शाहीको कोखबाट साबिकको लकान्द्र गाविस ५, हालको ठाटिकाँध गाउँपालिका २ दैलेखमा अध्यक्ष शाहीको जन्म भएको हो । २०४४ सालमा इला मल्ल शाही सँग बैवाहिक सम्बन्धमा गाँसिनु भएका शाहीका १ छोरा र १ छोरी छन् । २०२५ सालमा श्री नेरा प्राबि भैरबस्थानमा औपचारिक शिक्षा हाँसिल गर्न बिद्यालय भर्ना भएका अध्यक्ष शाहीले २०३९ सालमा एसएलसी उत्तिर्ण गरि स्नातक सम्मको शिक्षा हाँसिल गर्नुभएको छ ।

स्वास्थ्य केन्द्रको ब्यबस्थापनका लागि भुमिका खेल्दै, शिक्षा, सडक, खानेपानी, बाटोघाटो निमार्णमा बिसेस भुमिका निर्बाह गरि समाज सेवाको भूमिका निर्बाह गरेका शाही स्थानिय निकायको जिम्वेवार भएसँगै जीवनको अनुभवलाई पालिकाको विकासमा लगाउने अभियानमा लागि रहनु भएको छ । गाउँ पालिका अध्यक्ष पदमा बिजयी भएपछि अध्यक्ष शाहीको नेतृत्वमा ६ वटा वडाहरुमा सडकको ट्रयाक, ६ वटै वडामा बर्थिङ्ग सेन्टर स्थापना गरि सेवा सुरु, गाउँपालिकामा रहेका १३ वटा वालविकास कक्षा संञ्चालन, दरबन्दि अभाब भएका सामुदायिक विद्यालयमा कक्षा र विद्यार्थी संख्याका आधारमा ६२ वटा अनुदान कोटामा शिक्षक नियुतिm गरि शिक्षण कार्य संचालनमा, पत्येक घरधुरीलाई करेसावारी निमार्णका लागि बिउ बिजन बितरण, ठाटीकाँध बृहत खानेपानी योजना सम्पन्न भएका छन् भने आगामी कार्यकालमा ६ वटै वडाहरुमा सडक बिस्तार गर्ने, गाउँपालिकाका सबै घरधुरीमा बिद्युत्तिकरण, पकेट क्षेत्र निर्धारण गरि कृषिलाई ब्यबसायिकरणमा लग्ने, गाउँपालिकामा खानेपानी अभाब भएका ठाउँमा खानेपानीको ब्यबस्थापन गर्ने, प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण गर्ने, शिक्षालाई गुणस्तरिय बनाउने, सामुदायिक वनहरुलाई ब्यबस्ति गर्ने, गाउँपालिका स्तरीय खेल मैदान निमार्ण गरिने आगामी योजना तय गरि कार्यान्वयनमा रहेका छन् । सिप मुलक रोजगारको ब्यबस्था गर्ने बाताबरण सृजना गर्न लागि परेका अध्यक्ष शाही समाज सेवामा समर्पित हुने योजनामा हुनुहुन्छ । द्धन्द्धकालमा घरका सम्पुर्ण सामान लुटि घर निकाला निकाला गरिएको क्षण अध्यक्ष शाहीको जीवनको अबिष्मरणिय छ भने अध्ययन गर्न र भ्रमण गर्न रुचाउनु हुन्छ ।

राजनीतिक यात्रा-२०३८ सालमा अनेरास्ववियू प्रारम्भिक कमिटिबाट राजनीतिक यात्राको थालनि,२०४० सालमा नेपाल क्रान्तिकारी विद्यार्थी संगठनमा आबद्ध,२०४२ सालमा नेमकिपाको पार्टी सदस्यता प्राप्त,२०५३ सालमा नेकपा एमालेमा प्रबेश,२०५४ सालमा तत्कालिन नेकपा एमाले दैलेख जिल्ला लकान्द्र गाबिस अध्यक्ष,२०५४ साल देखि हाल सम्म जिल्ला कमिटि सदस्य हुँदै सचिवालय सदस्य,२०७४ साल बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट ठाटिकाँध गाउँपालिकाको अध्यक्षमा विजयी ।

                                                                                                                                                                                  सफलताको बाटो ।।