दैनिक उपभोग्य सामान सकिएमा ? ११३७ मा कल गर्नुस् घरमै आउँछ सरकारी गाडी बाहिर निस्कनुहाेस ।।

काठमाडाैं । सरकारले घरमा सामान सकिए घरघरमा आएर समान उपलब्ध गर्ने तयारी गरिरहेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले साताव्यापी ‘लकडाउन’ भइरहेको अवस्थामा यस्तो तयारी गरेको हो ।

यदि घरमा दैनिक उपभोग्य सामान सकिएमा सरकारले मन्त्रालयको टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ ।उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कुनै टोलमा खाद्यान्नको अभाव छ भने ११३७ मा फोन गरेर जानकारी दिन सक्ने बताए । जहाँ त्यस्ता खाद्य वस्तुको अभाव हुन्छ, त्यसका लागि मन्त्रालयले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको उनले बताए ।

मिनीट्रकमा राखेर घरघरमा खाद्यान्न र्पुयाइने उनकाे  भनाइ छ। कोरोनाको माहामारी फैलिएको अवस्थामा घरघरमा सामान र्पुयाउनु पर्ने अवस्था आउन सक्नेतर्फ सरकार सचेत रहेको उनले बताए ।

सरकारले जनताको भान्छामा दैनिक उपभोग्य वस्तुको कुनै अभाव हुन नदिन तयारी तीव्र बनाएको मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकाको हकमा अत्यावश्यक वस्तु र्पुयाउन करिब दुई दर्जन बढी मिनीट्रकको व्यवस्था गरिएको छ । काठमाडौँमा १५, ललितपुर र भक्तापुरमा सात/सात मिनीट्रक तयारी अवस्था छन् ।

ती मिनीट्रकको प्रयोग गरेर अभाव भएको ठाउँमा चामल, दाल, नुन, तेल, आलु, प्याजलगायत अत्यावश्यक वस्तु पुर्याउन मन्त्रालयले तयारी गरिरहेको हो ।