मुख्यमन्त्री शाहीका प्रमुख स्वकिय सचिव सिंहद्वारा एक महिनाको तलब विपद कोषमा जम्मा गर्ने घोषणा

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख सवकीय सचिव खेमबहादुर सिंहले प्रदेश सरकारको विपद व्यवस्थापन कोषमा एक महिनाको तलब जम्मा गर्ने बताउनु भएकाे छ ।

‘नागरिकको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन, नागरिकलाई कोरोनाको कहरबाट बचाउन कर्णाली प्रदेश सरकारले चालेको कदममा साथ दिन यो निर्णय गरेको हुँ ।’ उहाँले भन्नुभयाे, ‘एक महिनाको तलब उक्त कोषमा जम्मा गर्नेछु ।’ उनले कोरोनाबाट बच्न सबै नागरिक घर भित्रै बस्नुपर्ने र सावुन पानीले हात धुनुपर्ने बताए । ‘स्वास्थ्यकर्मीको सुझावलाई मान्नुहोस, सरकारको निर्देशनको पालना गर्नुहोस ।’ उनले भने, ‘सबैको ज्यान जोगाउन र कोरोनाको संक्रमण फैलिनबाट रोक्न सबैको सक्रियता आवश्यक छ ।’