कोरोना बिरुद्ध पलाँता सरकारको तिर्ब तयारी ४ जना नागरिक क्वारेन्टाइनमा

नम राज न्यौपाने, पलाँता,
कालिकोट जिल्लाको पलाँता पालिका को घाट चौर मा २० सैया को क्वारेन्टाईन निमार्ण को काम आज बाट निर्माण सम्पन्न गरीएको छ । पलाँता निमार्ण कार्यदल र अन्य गाउँपालिका कर्मचारी हरु गाउँपालिका अध्यक्ष समेतको टोलीले क्वारेन्टाईन निमार्ण सम्पन्न गरेको छ । बुधबार बसेको पलाँता बिपद् ब्याबस्थापन समितिको बैठक को निणर्य अनुसार क्वारेन्टाईन निमार्ण को काम थालनि गरियको बताईयको छ । छिमेकी मुलुक भातर बाट आउनु भयका नागरिक हरु लाई अनिबार्य रुपमा १४ दिन संम्म पलाँता गाउँ पालिकाको घाट चौर मा रहेको क्वारेन्टाईनमा बसाल्ने पलाँता सरकार को तयारी भैई रहेको पलाँता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँती काँन्छाले बताउनु भयो उहाँ का अनुसार खाना पानी र आबश्यक सामाग्री को तयारी भैईरहेको पुर्ण रुपमा क्वारेन्टाईन र बेड निमार्ण को काम आज सकीयको पलाँता निमार्ण कार्यदलका संयोजक कल बहादुर बम उमेश ले जानकारी दीए ।

साथै स्वास्थ्य शाखा पलाँता ले पनि २९ जना स्वास्थ्यकर्मी हरु लाई टोल टोल मा माक्स ,साबुन , बितरण र सुझाब सल्लाह को लागि टोलि खटाईयको छ । पलाँता गाउँ पालिकाको वडा न ९ थिर्पु मा रेहेको ईलाका प्रहरी कार्यलयले पनि छिमेकी मुलुक भारत बाट आयका नागरिक हरु लाई गाउँ पालिकाको मुख्य प्रर्बेशद्वार घाटचौरमा कडाई गरिरहेको छ । पलाँता को स्थानीय हाट बजार बार्खेबजार लाई पनि लकडाउन को निणर्य पालना गर्न नेपाल प्रहरी लाई बजार ब्यबस्थापन समितिले ईमान्दार तरिकाले लकडाउन को स्वागत गरेका छन । पलाँता को मुख्य द्वार रहेको थिर्पु मा आवत जावत हुल नहुन बाट नेपाल प्रहरी निरन्तर लागि परेको ईलाका प्रहरी कार्यलयका प्रमुख कमला मल्ल बमले बताइन । कोभिड १९ रोकथाम संगै ४ जना क्वारेन्टाइन कक्षमा राख्यो पलाँता गाउँपालिकाले । कोभिड १९ रोकथामको लागी सुरु गरेको पलाँता गाउँपालिकाले  क्वारेन्टाइनमा ४ जना बसालिएको छ ।

भारतबाट आएका ४ जना पलाँता गाउँपालिकाका नागरिकलाई परिक्षणको लागि केही दिनका लागि होम क्वारेन्टाइनमा राखेको पलाँता गाउँपालिकाले जनाएको छ । केही दिन अघिबाट खोजी भैरहेका २ जनालाई नियन्त्रणमा लिइ क्वारेन्टाइनमा राखिएको छ । बाकी दुई जना भारतबाट २ दिन अघि गाउँ पसेपनी क्वारेन्टाइनमा राखिएको हो । पलाँता गाउँपालिकाका २ जना कोरोना भाइरस बाट सङ्क्रमित भय भन्ने जिल्लाभर भ्रम जति फैलाएको भएपनि यो सुचना तथ्यहिन भएको पलाँता गाउँपालिकाले जनाएको छ । यो अनावश्यक हल्ला र त्रासबाट त्रसित नहुन सर्वसाधारण पलाती लाई पलाँता गाउँपालिकाले आह्वान समेत गरेको छ । नेपाल सरकारले नेपाल बाहिरबाट आउने जोकोही लाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम पालना गर्न अनुरोध गरे अनुसार सोही भारतबाट आएका ४ जना पलाँता गाउँपालिकाका नागरिकलाई क्वारेन्टाइनमा राखिएको बताएइएको छ र २४ घण्टाभित्र ३५५ क्वारेन्टाइन कक्ष निर्माण गरेको गाउँपालिकाले दाबी गरेको छ । यो बिपद ब्यवस्थापनमा आम नागरिकलाई खुलेर सहयोग गर्न पलाँता गाउँपालिकाले अनुरोध गरेको छ ।