ए.ए.न वि.हस्पिटलका संञ्चालक गोरिकला बम द्धवारा कोरोना रोकथामका लागि १ लाख ५० हजार नगद सहयोग

विश्वभरि फैलिएको नोवेल कोरोना –कोभिड १९ लाई रोकथाम गर्नका लागि पलाँता स्वास्थ्य कार्यालयलाई आज हस्पिटलकी संचालीका गोरीकला बमले १ लाख ५० हजार नगद सहयोग गर्नुभएको छ । उहाँले नगद सहयोग गर्दै पलाँता वासीले कोरोना रोगवाट कोहिपनि त्रसित नहुन आग्रह गर्नुभयो । आमा बुवाको सपना पुरा गर्नु सबैको दायित्व हो । जनताको सपना पुरा राजनितिद दल र जनप्रतिनिधिको दायित्व हो । आफ्ना आमा र बुवाको सपना र पलाँता वासिको सपना पुरा गर्नका लागि ए.एन.वि.हस्पिटल संचालन गरेको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बताउनु भयो ।

गाउँपालिका अध्यक्ष सम्मेत रहका बमले आफैले संञ्चालन गरेको हस्पीटल बुवाको र आमाको नामवाट राखेको ए. ए.न वि.हस्पिटलमा अहिले विश्वभरि फैलिएको कोरोना भाइरसको उपचारका लागि पलाँतामा रहेका नागरिकहरुको स्वास्थ्य सेवामा सहजता ल्याउनका लागि प्रयोग गर्ने लक्ष्मण बमले बताउनु भयो ।
आफ्नो बुवाले स्वास्थ्य क्षेत्रमा गरेको योगदानलाई निरन्तरता दिनका लागि बुवा र आमाको नाममा ए– ऐवान, एन –नौरता देवि र वि –ले बमको नामकरण गर्दै हस्पिटल खोलेर पलाँता वासिलाई विगत २ बर्ष देखि स्वास्थ्य सेवा दिदै आएको उनको भनाई छ । उक्त हस्पिटलको संचालकमा लक्ष्मण बमकी पत्नी गोरिकला बम लाल बहादुर रोकाया रहनु भएको छ ।

सञ्चालक बमले पलाँता वासिलाई कोरोना संक्रमणवाट वचाउनका लागि आफुले आफ्नो हस्पिटलको तर्फवाट यो सानो सहयोग गरेको र यसको संक्रमण फैलिदै गएमा ए. एन. वि. हस्पिटलले पलाँता वासिलाई निसुल्क रुपमा उपचार सेवा प्रदान गर्ने बताउनु भयो ।
उहाँले यो कोरोना रोगवाट कोहि पनि नआत्तिन आग्रह गर्दै सबैले सरसफाइमा ध्यान दिएर गाउँपालिकालाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले आफ्नो यो सानो सहयोगले पनि कोरोना रोकथाममा केहि सहयोग पुगोस भनेर सहयोग गरेको उहाँको भनाई छ ।