ठाटिकाँध गाउँपालिका वडा न २ मा १० जनालाई क्वारेन्टाइनमा

तिलक रिजाल
दैलेखको ठाटिकाँध गाउँपालिका वडा न २ मा १० जनालाई क्वारेन्टाइन मा राखिएको छ ।बिश्वब्यापी रुपमा फैलिएको कोरना भाईरस कोभिड ज्ञढ को रोकथाम तथा नियन्त्रणका लागी यस ठाटीकाँध गाउँपालिका वडा न २ ले गाउँपालिकाकै अरु वडाको हकमा पहिला सुरुवात गरेको हो। क्वारेन्टाइन मा राखिएका मध्य १ जना बम्बै देखि आएका हुन भने ९ जना भारतको लहाघाट देखि आएको अध्यक्ष रुप्लाल बिक ले बताउनु भयो ।

क्वारेन्टाइन दशरथ मा।बि प्याडुली मा बनाइएको र हालै १२ बेड को क्वारेन्टाइन निर्माण गरिएको र थप आवश्यक देखिन गएमा तयारी अबस्थामा रहेको बताउनु भएको छ । साथै क्वारेन्टाइन भएको ठाउमा अलि पिउने पानीको समस्य भएकाले अलि टाढा देखि बोक्नु परेको र क्वारेन्टाइन मा राखिएका मानिस लाई कुनै चिजको पनि कमि नहुनदिने पनि जान्कारी दिनु भयो । साथै बाहिर देखि आफ्नो वडामा प्रवेश गर्ने मा रोकलगाएको र कोरना रोग सम्भन्धी आम नागरिक सचेत रहने हिसाब ले प्रचार प्रसार भैरहेको र प्रत्येक ब्य्क्ती अनुसार साबुन बितरण गरिसके को बताउदै सरसफाइ मा विशेष ध्यान दिन र सचेत रहन अध्यक्ष बिक ले आग्रहसमेत गर्नु भएको छ ।