कर्णाली प्रदेश मै पहिलो पटक अन्लाईन शिक्षण

कर्णाली प्रदेश मै पहिलो पटक आधुनिक सिक्षण सिकाइ को सुरुवात भयको छ।२०७६ चैत्र २८ गते देखी औपचारिक रुप मा virtual class (online शिक्षण) को सुरुवात भयको हो।पहिलो दिन मै ८ जना बिद्यार्थी सहभागी भयका थिय भने उक्त कक्षा शिक्षण त्रिभुवन विश्वबिधालयका उप प्रध्यापक राजन कुमार कडेल ले संचालन गर्नु भयको थियो।
बिस्व भरी कोरोना भाइरस(कोभिड १९) ले महामारी को रुप लिइरहेको छ भने नेपाल मा पनि ९ जना लाइ देखा परिसकेको छ उक्त भाइरस को जोखिम बढ्न सक्ने भन्दै अहिले नेपाल मा नेपाल सरकार ले लकडाउन जारी गरिरहेको छ।लकडाउन मा सम्पुर्ण क्याम्पस तथा बिधालय बन्द छन यसरी बन्द भयको बेला अनलाइन सिक्षण एकदमै उपयुक्त हुने भन्दै यो तरिका अपनाइएको हो।
एम एड प्रथम सेमेस्टार अन्तर्गत अङ्ग्रेजी शिक्षा बिसय का बिद्यार्थी ले Zoom application मार्फत उक्त कक्षा लिन सुरु गरेका छन। बिद्यार्थी लकडाउन को बिकल्प मा एस्को प्रयोग गर्न इच्छुक देखियका छन त्यस्तै ब्यक्ति को इच्छा अनुसार कक्षा हुने भयको ले सारै खुसी भयका छन।आधुनिक प्रबिधी को प्रयोग ले प्राध्यापक को सिर्जनसिलता मा समेत मदत पुग्ने छ।
तत्काल लकडाउन अबधी सम्म अनिबार्य आबश्यक अनुसार र पछि पनि यो application को प्रयोग गर्न सकिने छ त्यस्तै रोजगार वा अन्य कुनै पनि कारण ले क्याम्पस का कक्षा मा सहभागी हुन नसक्ने का लागी यो कक्षा अत्यन्तै उपयोगी हुने छ।