विश्व शान्ति र कोरोना अन्त्यको कामना गर्दै दैलेख को ठाटिकाँध गाउँपालिकामा दिप प्रज्वलन

तिलक रिजाल दैलेख ।
विश्व शान्ति र कोरोना अन्त्यको कामना गर्दै दैलेख को ठाटिकाँध गाउँपालिकामा पनि दिप  प्रज्वलन   गरेका छ्न ।
दैलेख विश्व शान्ति र कोरोना संक्रमण अन्त्यको कामना गर्दै ठाटिकाँध गाउँपालिका पनि साँझ ७ बजे दिप प्रज्वलन गरिएको छ । बिहिबार साँझ ठाटिकाध बजार क्षेत्र र अन्य स्थानमा समेत जनताले घर घरमा दिप प्रज्वलन गरेका छन ।
नेपाल सरकारले साँझ दिप प्रज्वलनको आग्रह गरेको थियो । भगवान् गौतम बुद्धको २५६४ औं जन्मजयन्तीको समेत अवसर परेको हुँदा विश्वभर व्याप्त तनाव अन्त्य भई शान्तिको कामना गर्न दिप प्रज्वलन गरिएको गाउँपालिका का अध्यक्ष धिर बहादुर शाहिले बताएका छन् ।
दिप प्रज्वलन गरी विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अन्त्य, संक्रमणबाट मृत्यु भएकाहरुको चीर शान्तिको कामना र संक्रमण भएकाहरुको सिघ्र स्वास्थ्य लाभको समेत कामना गरिएको छ ।
एसतै गरि दैलेखका विभिन्न ठाउमा
दिप प्रज्वलन मार्फत कोरोना महामारीको विषम परिस्थितीमा अग्र पंतीमा रहेर जिवन बचाउने स्वास्थ्यकर्मीको पवित्र कार्यको स्मरण समेत गरिएको छ ।