कोरोना भाईरसको औषधि बैज्ञानिकले खोज्लान हामी भारत भाईरसको औषधि खोजौ: सांसद जीवन बुढा

काठमाडौ,बैशाख ३१। आज बसेको रास्ट्रिय शभा सदस्यको बैठकमा सांसद जीवन बुढाले कोरोना भाईरसको औषधि बिज्ञहरुले खोज्लान बरु हामी भारत भाईरसको औषधि खोजौ भन्ने अभिव्यक्त सम्मानित सदनमा जोडदार रुपमा प्रस्तुत गर्नुभएको छ।आज बसेको उक्त बैठकमा सांसद जीवन बुढाले भन्नुभयो – “हामी बिश्व मानवजाती यतिबेला एउटा कोरोना भाईरससंगको लडाई लडिरहेका छौ अर्थात पूरा तहसनहस पार्ने कोरोना भाईरसको संक्रमणमा छौ र अर्को हामी भारत भाईरसबाट पनि संक्रमण छौ। तर कोरोना भाईरस आउने र जाने भाईरस हो ।

यसको औषधि बिज्ञहरुले पनि बनाउलान । संसारभरिका बिज्ञहरुको सहयोग पनि प्राप्त गरौला । तर भारत जस्तो भाईरसको औसधि हामि एक्लैले उत्पादन गर्नुपर्ने छ । जुन भाईरसबाट हामि २०४ बर्षदेखि निरन्तर संक्रमित रहेका छौ। जसले आज सम्म छोडेन। यो भाईरस पुर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलाको विभिन्न ठाउमा संक्रमित भएकोले यो भाईरसले गरिरहेको सिमा अतिक्रमणलाई रोक्न सदनले बिज्ञहरु सम्मिलित भएर एउटा संसदिय समिती बनाउनुपर्ने जरुरी देखिएको बताउनुभएको छ।

त्यस्तै वहाँले भन्नुभयो -“हाम्रा पुस्ताले यो माटो टाउको दिएर आर्जेको र शत्रुहरुले टाउको काटेर पनि नछोडेको माटो हो। रगत बगाएर पनि नछोडेको माटो भएकाले हामिले हाम्रो माटो सजिलै छोड्न नसकिने भन्दै जोडदार अपिल गर्नुभएको छ।