लेख रचना र बिकाशमा पलाँति कान्छाको समानन्तर यात्रा (सबैलाइ रुवाउने गित भिडियाे सहित)

लेख रचना र बिकाशमा पलाँति कान्छाको समानन्तर यात्रा नमराज न्यौपाने पलाँता कालिकोट कालिकोट जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँति कान्छाको पलाँतामा बिकास संगै लेख रचनामा कलम चलाउन थाल्नु भएको छ । लोक तथा दोहोरी देउडा गायक धर्म राज न्यौपानेको आवाजमा कोरोना भाइरस बिशेष गीत सार्वजनिक भएको छ । गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलातिकान्छाकोे शब्द तथा गायक धर्म राज न्यौपाने शिशिर स्वयंको संगीत रहेको कोरोना भाइरस गीत जनचेतनामूलक गीत हो । चीनको वुहानबाट शुरू भएको कोरोना भाइरसले अहिले विश्वभर महामारीको रुप लिएको छ ।

हालसम्म १८८ मुलुकमा देखा परिसकेको कोरोना भाइरसले यतिबेला विश्व नै त्रसित छ । विश्वभर ३०४,२४५ बढीको ज्यान लिइसकेको कोरोनाको संक्रमणबाट कसरी जोगिने र संक्रमण भइहाले कसरी उपचार गर्ने, कोरेन्टाइनको सदुपयोग गर्न के–कस्तो भुमिका अपनाउने भन्ने कुराको जानकारी दिन गीत तयार पारिएको जनाइएको छ । गीतमा धर्म राज न्यौपाने शिशिर र टीका पुनको आवाजमा सजिएको गीतले गाउमा रोजगार हुदैन छोराले उच्च शिक्षा पढ्ने सोच गर्छ र बाबा आमालाई सताउछ । मलाई सहर पढ्न पठाउ भनेर छोराको रहर पूरा गर्न बाबा आमाको असल शाहारा बनाउन छोरा पढाउनै पर्छ ।

गाउँमा राम्रो पढाइ हुन्न सहर पठाउनै पर्छ भनेर निधो गर्छन । यस्को पढाइ खर्च जुटाउन बाबा बिदेश जाने निस्चित हुनुहुन्छ अनि नजिकको ठुले साउका गएर रिण मागेर भिसा लगाई बिदेश तिर लाग्छ बिदेश पुगेको एक मैना नहुदै माहामारि आएर उ बिरामिले संक्रमित भएर क्वारेन्टाइन मा बस्छ । अनि घर फोन गर्छ । बूढो, म यता बुढि कोराना लागि बिरामि भाको छु । जिवनको यहाँ भोरसा छैन क्वारेन्टाइन गाको छु । बुढि हे मेरो ईस्वर कस्तो यो खबर बिरामि भएको बिदाईको टीका सुकेको छैन घर छोडि गएको भन्ने गीतको थिम्स रहेको सब्दकार बमले जानकारी दीनुभयो । रारा कर्णालि म्युजिक प्रालिको प्रस्तुतिमा सार्वजनिक गरिएको गीतलाई कालिकोटको कालो अफिसियल यूट्युबमार्फत सार्वजनिक गरिएको छ ।