रुकुम-जाजरकोट हत्याकाण्ड का हत्यारा लाई तत्काल कार्वाइ गर -युवानेता सुनार

रुकुम जाजरकोट को घटनालाई लिएर सुर्खेत मा बिरोध प्रदर्शन भएको छ ।कर्णाली प्रदेश का विभिन्न जिल्ला का सुर्खेत मा बसोबास गर्ने विभिन्न ठाउँका मानिस हरुले बिरेन्द्र नगर सुर्खेत मा र्यालि प्रदर्शन गर्दै बिरोध गरेका हुन। बिरोध प्रदर्शन को एक कार्यक्रम मा बोल्दै नेकपा दैलेख दुल्लु नगर कमिटी का सदस्य तथा युवा नेता तिर्थ सुनारले संसदीय समिती गठन गरि तत्काल दोषीलाइ कडा भन्दा कडा कारबाही गरि पिडितलाइ न्याय दिनु पर्ने माग सरकार सङ्ग राख्नु भएको छ ।अहिले को दुइतिहाइ को सरकार ले चाहेको खण्ड मा सम्भावना नभएको कुनै पनि काम नभएको को ले एस सरकार ले पीडित लाई तत्काल पीडित लाई न्याय दिन सरकार संग माग राखेका हुन । रुकुम जस्तो छुवाछूत मुक्त भएको ठाउँमा एस्तो घटना निन्दनीय छ भन्दै आपत्ति जनाएका हुन ।