वडा अध्यक्ष को अनुमति मा जनप्रतिनिधि ले गरे खसी काटी मस्ती

दैलेख, महाबु गाउपालिका २ को केउरेपानी को क्वारेन्टाइन खाली भए पछि जनप्रतिनिधि तथा क्वारेन्टाइन का ब्यबस्थापक सबै मिलेर खसी काटेर खायकाछन। क्वारेन्टाइन मा बसेका ७८ जना लाइ RDT परिक्षण गर्दा नेगेटिभ आयपछी सबैलाइ घर पठाइएको थियो।

नेरा निमाबी केउरेपानी मा भारत बाट आइ क्वारेन्टाइन मा बसेका सबै घर गयपछी उक्त क्वारेन्टाइन क्षेत्र खाली भयको थियो,क्वारेन्टाइन खाली भयपछि त्यहा का सबै ब्यबस्थापक,महाबु २ का नेपाली काङ्ग्रेस का पार्टी सभापति,स्वयंसेवक,जनप्रतिनिधि र सम्बन्धित बिधालय का शिक्षक र प्रधानाध्यापक समेतगरि २० जना को टोलि बसेर खसी काटेका थिय।उक्त खसी तरकारी को हिसाब मा मिलाउने गरि काटेर खान महाबु २ का वडा अध्यक्ष को अनुमती भयको त्यहा का एक जना कार्यपालिका  सदस्य ले   बतायका छन भने वडा सचिब मार्फत अध्यक्ष लाइ समेत मासु पठाइएको थियो। उक्त २ नम्बर वडा मा ४२ जना कोरोना पोजेटिभ देखियका छन उनिहरु लाइ तातो पानी खान को लागी दुइ टोलि लाइ ग्यास चुलो को ब्यबस्था गर्न माग गरेको तर वास्ता नभयको उक्त वडा का युवा नेता तथा व्यावसायि प्रकाश राज थापा को भनाइ रहेको छ।