पुनः गरियको पिसिआर परिक्षण को रिपोर्ट न आउदै डिस्चार्ज

दैलेख,महाबु गाउँपालिका २ बडाखोला को जगदीश मा.बि.को आइसोलेसन मा ४४ जना बसेका थिय। ति मध्य ४१ जना मा कोरोना पोजेटिभ देखियको थियो भने २ जना संरक्षक र एक जना बच्चा रहेका थिय।

गत जेठ १५ गते गरेको को पि.सि.आर परिक्षण मा उनिहरु मा कोरोना पोजेटिभ देखियपछि आइसोलेसन मा राखियको थियो भने ३० गते पुनः पिसिआर परिक्षण को लागी स्वाव लिइएको थियो तर त्यस्को रिपोर्ट न आउदै मङ्गल बार दिउसो डिस्चार्ज गरियको छ।

स्थानिय जनता हरु उक्त ठाउ मा गयर रिपोर्ट आउने बेला सम्म पर्खिन आग्रह गरेका थिय। स्मार्ट कर्णाली सङ्ग को कुराकानी मा बडाखोला कै युवा तथा कर्णाली युथ पावर का संयोजक भिम थापा ले पिसिआर परिक्षण गरिसकेको हुनाले रिपोर्ट आयपछि मात्र घर पठाउन आग्रह गरिय पनि एकदमै मनोमानी र निरङ्कुस तरिका ले जनता को आवाज नसुनेर घर पठाइयको बतायकाछन । कि पिसिआर परिक्षण नगरेर घर पठाउनु पर्थ्यो तर पिसिआर परिक्षण का लागी स्वाव पठाइसकेको हुनाले रिपोर्ट आउने बेला सम्म पर्खिन पर्ने भनाइ  थापा को रहेको  छ।
स्वास्थ तथा जनसंख्या मन्त्रालय ले पोजेटिभ केसहरु लाइ symptom free भयको तिन दिन र जम्मा १४ दिन को भर्ना आइसोलेसन पछि टेस्ट नगरी डिस्चार्ज गर्न जानकारी गरायको र त्यसै अनुरुप यहा को आइसोलेसन मा रहेका हरु लाइ पनि डिस्चार्ज गरेको वडा अध्यक्ष ले बतायका छन।