कर्णाली प्रदेशको बहस तिमी र म -मुख्य मन्त्री महेन्द्र बहादुर शाही

कर्णाली प्रदेशको बहस
तिमी र म ।
तिमी आज को कुरा गर्छौ । म भोलि को।
तिमी एक छाक टार्ने कुरा गर्छौ। म जीवन सम्पन्न बनाउनेको।
तिमी भिखमाग्नेको कुरा गर्छौ । म जीवन ज्युने मार्ग को।
तिमि परनिर्भता को कुरा गर्छौ। म आत्मनिर्भरता को।
तिमी सम्पन्नता को राजनिती गर्छौ । म अभाव को राजनीति ।
तिमी शोषण को राजनीति गर्छौ। म मुक्ती को राजनीति ।
तिमी शासक को पच्छे गर्छौ। म गरिब निमुखाको।
तिमी पुजीवादी राजनीति गर्छौ। म श्रमजिबि राजनीति ।
तिमी यथास्थिति को कुरा गर्छौ। म परिवर्तनको।
तिमी गुटमा रमाउछौ। म आममा रमाउछु।
तिमी समस्या भयर उभिन्छौ । म सदैब समाधान भयर।
तिमी ले आफ्नो लागि गरेर्काछौ। मै ले बर्गका लागि गरेको छु।
तिमी वैमनस्य को राजनीति गर्छौ। म मित्रता र बिचार को।
तिमी आत्मा केन्द्रीत र मनोगत छौ। म बिज्ञान र विचारमा ।                                      मुख्य मन्त्री महेन्द्र बहादुर शाही कर्णाली प्रदेश
तिमी झुठो आश्वासन दिन्छौ । म ठोस निणय दिन्छु ।
तिमी गलत को संरक्षणगर्छौ । म दण्ड को भागेदार बनाउछु।
तिमी बिगतका कुरा गर्छौ । म बर्तमान र भबिस्य को।
तिमी नेतृत्व को मात्रै कुरा गर्छौ।म बिचार सहित नेतृत्व को।
तिमी अस्थिरता को कुरा गर्छौ। म स्थिरता को।
तिमी अल्पकालीन बिकास चाहान्छौ ।म दिगो बिकास चाहन्छु।
तिमी भ्रम को खेती गर्छौ । म यथार्थता को कुरा गर्छु।
तिमी यात्रा छिप छिप तर्ने हो । म महासागर तर्ने ।
तिमी अधिभुत वाद काखी च्यापछौ। म दन्दात्मक भौतिक वाद
तिमी निषेध को तरिका अपनाउछौ। म सृजनात्म आलोचना ।
तिमी रुपको मात्र कुरा गर्छौ। म रुप र सार दुबै को।
तिमी ईतिहास मेटाउने खोज्छौ। म इतिहास जिउँदो बनाउन ।
तिमी आदेश कारी मात्र हो। म आदेस र कारिन्दा दुबै।
तिमी अधैर्यता को बाणच्लाउछौ।म धैर्यताको।
तिमी चील भयर उड्छौ। त्यसैले म बाज भयर उड्छु।