खेम बहादुर शाहीको नेतित्वमा हाल अमेरिका बाट राष्कोटका ७ पिडित परिवारलाई ६३ हजार राहत सहयोग

कालीकोट जिल्ला रास्कोट नगरपालीकामा निरन्तर अविरल वर्षाले श्रावण १२ देखी १४ गते सम्मको निरन्तर अविरल वर्षाले विभिन्न ठाउँमा आएको भिषण पहिरोमा परि रास्कोट नगरपालिका वडा नं। १ वड्लतोला वाढीपहिरो ले गर्दा सात जनाको मुत्यु भएको थियो ।

कालीकोट जिल्ला रास्कोट बडा न ४ हाल अमेरिका बस्ने खेम बहादुर शाही नेतित्वमामा सुदर तथा मध्यपश्चिम भलिवल समाज टेक्सास अमेरिकामा वसोवास गदै आयका नेपाली युवाहरुले खेमराज शाही,कृष्ण खडका, महेश उपाध्याय,गोविन्द्र शाही,विक्रम खडका ,भरत शाही ७,मोहन खडका ,ललित चन्द्र ,भिस्मजंङ्ग शाही,इन्द्र शाही ,भैरव शाही ,भरत भण्डारी ,चन्द्रकान्त उपाध्याय,चेतन कार्कीले पहिरोमा परेका घरपरिवार लाई केही टेवा पुगोस भन्ने उद्धेश्यका साथ रास्कोट नगरपालिकामा वसोवास गर्ने दिनेश शाही,गणेश विक्रम शाही,यकिन्द्र शाही,निर्मल शाही संग सहकार्य गरी प्रति मृतक ब्याक्तिलाई रु ९००० का दरले रास्कोट नगरपालिकाका वडा नं.१ का ६ जना र साविक सिपखाना गा‍‍‍.वि.स र हाल शान्नि त्रिवेणि गाउपालिकामा वसोवास गर्ने १ जना गरी जम्मा ७ जना लाई राहत बितरण गरिएको हो ।

राहत बितरण कार्याक्रममा बोल्दै रास्कोट नपरपालिकाका उपमेयर मिमसरा वम शाहीले कालीकोट जिल्लामा अझै जिल्लाका अधिकांस ठाउँमा पहिरो आउन सक्ने भएकाले खोलाको किनारामा घरबनाएर बसिरहेका नागरिक , कर्णाली नदिको छेउछाउमा बसोवास गर्ने व्यापारि र पहिरोको जोखिममा रहेकोले सबैले सचेत भएर बस्न शाहीले आग्रह गर्नुे भएको छ ।

नि.प्रमुख प्रशासकिय अधिकृत प्रभुलाल न्यौपाने, , वडा नं.६ का वडा अध्यक्ष टक्क फर्साल, वडा नं.१ का वडा अध्यक्ष नमराज संज्याल विपत व्यवस्थापन समितिका संयोजक मन तिरुवाको उपस्थितिमा रकम रु ६३००० अक्षरुपि त्रिसठ्ठी हजार राहत स्वरुप मृतकका आफन्तजन कुसला शाही, विरस्पति शाही,नर वहादुर भण्डारी र महाविर शाहीलाई रकम हस्तानान्तरण गरियो निमर्ल शाहीले जानकारी दिए ।