दैलेखमा ठुलो जनमत : ‘आजलाई हैन भोलिलाई, हाम्रो साथ ओलीलाई’

  • दैलेख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दैलेखले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा दैलेख सदरमुकाममा प्रदर्शन भएको छ। दैलेख सदरमुकाममा देवकाेटाचोकबाट सुरु गरिएको र्‍याली बजार परिक्रमा गर्दै टुडिखेलमा पुगेर कोण सभामा परिणत भएको थियो।र्‍यालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अाेलि पक्षका कार्यकर्ताले ‘आज होइन भोलिलाई, मेरो साथ ओलीलाई’, ‘केपी ओली जिन्दावाद’ जस्ता नारा लगाएका थिए। उनीहरुले प्रचण्ड र माधव नेपाल समूहका कारण नेकपामा फुट आएको आरोप लगाएका छन्।
    प्रदर्शन र्‍यालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेशका सह–इञ्चार्ज– यामलाल कँडेल
    रवीन्द्रराज शर्मा ,धर्मराज रेग्मी ,लगायतका नेताहरुकाे सहभागीता थिए ।