देशलाई अस्थिरतामा जानबाट बचाएको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिरताबाट जानबाट बचाएको दाबी गरेका छन् । उनले देशलाई अस्थिरताबाट बचाउन आफूले चुनाव घोषणा गरेको बताएका हुन् ।

देशलाई अस्थिरतामा जान दिनहुँदैनथियो,’ प्रधानमन्त्री ओलीले सरकार सञ्चालनको तीन वर्ष पूरा भएको अवसरमा बोल्दै भने,‘देशलाई अस्थिरतामा जान दिनहुँदैनथियो, त्यसैले जनताको बीचमा जानुपर्छ ताजा जनादेश पाऊँ भन्ने निर्णयमा पुगेँ ।’

आफूले जनतासँग कबूल गरेको जिम्मेवारी पूरा गर्न नदिइएपछि कदम चालेको बताए । उनले ताजा जनादेश देशका लागि अनिवार्य भएको जिकिर गरे ।

जनादेशको अवहेलना र प्रतिगमन जस्तो आपत्तिजनक आरोप लगाइएको भन्दै बहसमा आउन चुनौती दिए । उनले सोधे,‘प्रतिगमन के हो ? निर्वाचन प्रतिगमन हो ?’