कर्णाली राजमार्गमा जीप दुर्घटना २ जनाको घटनास्थलमै मृत्यु

सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत दैलेखको दुल्लू नगरपालिका–३, स्यालामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सुर्खेत आउँदै गरेको जीप मंगलबार बिहान दुर्घटनामा परेको हो । उक्त घटनामा दुई जनाको घटनास्थलमै ज्यान गुमाएका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी अनुप श्रेष्ठले घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको खुलानेपाललाई बताउनुभयो ।khulanepal.com